पोखरा । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गतका बसमा क्युआर कोड सुरु गरिएको छ । टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम तिर्न सक्ने गरी यो सेवा सुरु गरेको हो ।
प्राइम कर्मसियल बैंक र पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीसँगबीच भएको सहकार्य अन्तरगत सुरुमा १ सय वटा बसमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख आर्या जोशी, प्राइम कमर्सियल बैंकका सहायक महा प्रबन्धक सुरेशमान सिंह र कम्पनीका अध्यक्ष योगेन्द्र केसीले संयुक्त रुपमा क्युआर कोडको शुभारम्भ गरे ।
नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख आर्या जोशीले अब नगदी कारोबार डिजिटल माध्ययमबाटै अघि बढेको सुनाइन् । हरेक क्षेत्रमा जसरी यातायातको क्षेत्रमा समेत डिजिटल बैंकिङ सेवा जोडिनु सकरात्मक पक्ष रहेको र यसलाई प्रभावकारी बनाउन जोड दिइन् । ‘केही वर्ष महामारीले व्यवसायलाई चलायनमान बनाउन सकेनौं,’ उनले भनिन्, ‘सबै व्यवसायीहरु अब डिजिटल बैंकिङ सेवामा जोडिन आवश्यक छ ।’
डिजिटल बैंकिङ सेवा सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीसँग सहकार्य गर्दै अघि बढाएको प्राइम कमर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेशमान सिंहले बताए ।
‘डिजिटल बैंकिङ सेवालाई प्रभावकारी बनाउँने उद्देश्यकका साथ यो कम्पनीसँग जोडिएका छौं’, महाप्रबन्धक सिंले भने, ‘डिजिटल बैंकिङ सेवा हरेक स्थानमा सरल र सहज सेवा विस्तारमा हामी जोडिनुपर्छ ।’
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले कम्पनीअन्तरगत १ हजार ४ सय बस सञ्चालनमा रहेको बताए ।
‘हाम्रो कम्पनीले अहिले १४ सय बसबाट सेवा दिइरहेका छौं, सबै बसमा क्युआर कोड जोड्ने छौं’, केसीले भने, ‘अहिले सयवटा बसमा मात्रै क्युआर कोड जोडेका छौंं, केही दिनमा सबै बसमा यो सेवा विस्तार हुन्छ ।’ कम्पनीले पृथ्वी मोबाइल एप्सबाट टिकट काट्ने सेवा विस्तारलाई पनि चाँडै नै लागु गर्ने उनले सुनाए ।
Related News
सम्बन्धित समाचार
तीजमा सफल सादा दही
ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु
लामाचौर तीज महोत्सव सुरु
पोखरेल प्यानलको घरदैलो
पोखरामा डायमण्ड मेला हुने
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१