अम्बिका माविमा बस सेवा

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०८०
ambika

हेमजा। अम्बिका माविले विद्यालय बस सेवा सञ्चालनमा ल्याएको छ । विद्यालयले महानगरपालिका, हिमालयन परियोजनासँगको लागत साझेदारीमा बस सेवा शुभारम्भ गरेको हो । ३० लाखमा खरिद बसमध्ये १४ लाख महानगर, ५ लाख ७५ हजार हिमालयन परियोजना साथै बाँकी विद्यालयले लगानी गरेको प्रअ ओमप्रसाद पौडेलले बताए ।

ग१ग २७५ नम्बरको सेवा शुभारम्भ गर्दै महानगरपालिका प्रवक्ता एवं पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले बस सञ्चालनमा आएसँगै पठनपाठनमा सहजता हुने विश्वास लिदै सेवालाई प्रभावकारी बनाइनुपर्ने बताए । उनले सामुदायिक विद्यालयको वृद्धि, विकासका लागि महानगर सचेत रहेको सुनाउँदै शिक्षालाई जीवनोपयोगी बनाउनुपर्ने बताए ।

विद्यालयमा गरिएको तत्कालीन महायज्ञका अध्यक्ष केशव भण्डारीले यज्ञको लक्ष्यअनुसार नै विद्यालय सञ्चालन भइरहेको जनाउँदै पछिल्लो पटक अम्बिकाले राम्रै फड्को मारिरहेको स्पष्ट पारे ।

प्रधानाध्यापक ओमप्रसाद पौडेलले बसको सदुपयोग हुने विश्वास दिलाउँदै, हेमजाको भाइरल राजमार्गमा दुर्घटना बढी रहँदा सुरक्षित यात्राका लागि बस फलदायी हुने चर्चा गरे ।

विद्यालय अध्यक्ष दीपकबहादुर थापाले महानगर तथा हिमालयन परियोजनाप्रति आभार प्रकट गर्दै ससाना विद्यार्थीका लागि बस सेवा प्रभावकारी बन्ने औंल्याए । उनले अतिरिक्त कक्षाका लागि पनि सेवाले सहयोग गर्ने स्पष्ट पारे । यस पूजामा शिक्षक झलक रानामगरले सहजीकरण गरे ।

साधारण शिक्षाका अलावा प्राविधिक धारतर्फ कम्युटर इन्जिनियरिङ कक्षा ९– १२ सञ्चालन भइरहेको विद्यालयमा चालु शैक्षिक सत्रतर्फ कुल ७ सय ७० विद्यार्थी अध्ययनरत छन् । जसमध्ये करिब ३ सय विद्यार्थीले बस सेवा लिने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • माउन्ट अन्नपूर्णमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । साहित्य, कला…
  • पोखरामा खुल्यो गेन्स कलेज

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ । पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज)…
  • गुणस्तरीय शिक्षामा जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा–२३, कुद्वीडाँडास्थित हर्पनकोट माविको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्रामीण…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड नेपालमा हुँदै, विरवी र शास्वतको सहभागिता

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । नेपालमै पहिलोपल्ट यस वर्षको अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड हुने भएको छ । आगामी १७–२४ असोज (३–१० अक्टोबर) सम्म काठमाडौंमा तेस्रो…

hero news full width