रामकोट नमुना माविमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०८०
Ramkot mabis

पोखरा । रुपा गाउँपालिका ७ स्थित रामकोट नमुना माविमा वृक्षरोपण गरिएको छ । विद्यालयमा सञ्चालित बालीविज्ञानअन्तर्गत दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी र शिक्षकको सहभागितामा वृक्षरोपण गरिएको हो ।

विद्यालयको करिब २० रोपनीमध्ये केही भागमा मंगलबार एभोकाडो, नेवारो लगायत फलफूल तथा घाँस प्रजातिका बिरुवा रोपिएको छ । जलाधार संरक्षण कार्यालय पोखराले बिरुवा उपलब्ध गराएको थियो । विद्यार्थीले प्राप्त गरेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र उत्पादनमूलक बनाउन विद्यार्थीको सहभागितामा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणकुमार श्रेष्ठले बिरुवा उपलब्ध गराउने जलाधार संरक्षण कार्यालय पोखराप्रति हार्दिक आभार प्रकट गर्दै यस्ता उत्पादनमूलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यस्तै, विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि अभिभावकसँग शिक्षक कार्यक्रम मंगलबारबाटै सुरु भएको छ । शिक्षकहरू विभिन्न समूह विभाजन गरी विद्यार्थीको घरघरमै पुगी अभिभावकसँग अन्तक्र्रिया तथा परामर्श थालिएको विद्यालयका शिक्षक राजु रिजालले जानकारी दिए । प्रत्येक विद्यार्थीको घरघरमा जाने र अभिभावकसँग परामर्श गरी अघि बढ्दा अभिभावक र विद्यालयको सम्बन्ध सुदृढ हुनुका साथै शैक्षिक गुणस्तर सुधारमा योजना बनाउन सहज हुने प्रअ न्यौपानेले सुनाए ।

Related News

सम्बन्धित समाचार

  • शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा बिहीबार सम्पन्न भएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • माउन्ट अन्नपूर्णमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । साहित्य, कला…
  • पोखरामा खुल्यो गेन्स कलेज

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ । पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज)…
  • गुणस्तरीय शिक्षामा जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा–२३, कुद्वीडाँडास्थित हर्पनकोट माविको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्रामीण…

hero news full width