जानकीका विद्यार्थीलाई पोशाक वितरण

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०८०
janaki dress

पाेखरा । जानकी मावि, महतगौडाका विद्यार्थी स्कुल पोषाक पाउँदा हर्षित भएका छन् ।

लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीले विद्यालयका २४ जना समाजका विपन्न एवं असहाय विद्यार्थीलाई पोषाक वितरण गरेको क्लबका तृतीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक सीता काफ्ले भण्डारीले बताइन् । ‘साथीहरु विद्यालय पोषाकमा आएको टुलुटुलु हेर्न बाध्य उनीहरु पोषाककै अभावमा कतिपय शैक्षिक एवं अतिरिक्त कृयाकलापमा समेत सहभागि बन्नबाट वञ्चित थिए,’ उनले भनिन्, ‘उनीहरुको मनोवल उच्च बनाउन संस्थामा आवद्ध सदस्यबाट संकलित ३१ हजार बराबरको टिसर्ट र ट्रयाक सुट वितरण गरिएको हो ।’

कार्यक्रममा लायन्स डिस्ट्रिक चियरपर्सन विष्णुप्रसाद सुवेदीले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासको खाँचौ औंल्याए ।

क्लब अध्यक्ष लक्ष्मी बराल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ वडा सदस्य शिवराम भण्डारी, लायन्न सिजन चियरप्रसन भोजराज बराल, विद्यालय प्रअ अर्जुन कँडेल, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, गीता पराजुली, क्लब सचिव अमृता अधिकारी लगायतले शिक्षाको महत्व र आवश्यकता माथि चर्चा गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…

hero news full width