पोखरा । वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापालाई पोखरामा हिमाली सांस्कृतिक परिवारले मेनकाजी गुरुङ स्मृति सम्मान पुरस्कार अर्पण गरेको छ ।
हिमाली सांस्कृतिक परिवारका संस्थापक एवं निवर्तमान अध्यक्ष, वरिष्ठ नृत्य निर्देशक, संस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट गुरुङको ६० औं जन्म जयन्तीको अवसरमा ९१ वर्षीय वरिष्ठ नृत्य निर्देशक थापालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान पुरस्कार अर्पण गरिएको हो ।
उक्त अक्षयकोषबाट हिमाली सांस्कृतिक परिवारका उत्कृष्ट कलाकारद्वय मनसुबा नेपाली र सनबहादुर गुरुङलाई जनही १५ हजार नगदसहित कलाकार प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको हो ।
हिमाली सांस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचनको संयोजकत्वमा स्रष्टा छनोट समितिको सिफारिसमा वरिष्ठ नृत्य निर्देशक थापा, कलाकारद्वय नेपाली र गुरुङ पुरस्कृत भएका हुन् ।
स्वर्गीय मेनकाजी गुरुङको शुभेच्छुक, आफन्तजन, कलाकारहरू, विभिन्न संघ संस्थाको सहयोगमा हालसम्म ४० लाख रुपैयाँको मेनकाजी गुरुङ स्मृति अध्यक्षकोष स्थापना गरी उक्त कोषको ब्याजबाट वरिष्ठ संस्कृतिकर्मी र हिमाली सांस्कृतिक परिवारका २ जना उत्कृष्ट कलाकार नेपाली र गुरुङलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रमका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राज्ञ जगमान गुरुङ, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राज्ञ सरुभक्त श्रेष्ठ, पूर्व मन्त्री वेदबहादुर गुरुङ, हिमाली सांस्कृतिक परिवारका संरक्षक तथा स्रष्टा छनोट समितिका संयोजक नरबहादुर शेरचन, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, संरक्षक खेमबहादुर गुरुङ, संरक्षक टीकाबहादुर कार्कीलगायतले पुरस्कृत गरेका थिए ।
कार्यक्रममा पुरस्कृत वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले लोकसंस्कृतिको महत्वबारे चर्चा गर्दै लोक संस्कृतिप्रति राज्यको दृष्टिकोण, लोक संस्कृतिको वर्तमान अवस्थाका बारेमा चिन्ता व्यक्त गरे ।
प्राज्ञ जनमान गुरुङले लोक संस्कृति राष्ट्र राष्ट्रियताको प्रतीक भए पनि संरक्षण सम्वद्र्धनमा ध्यान जान नसकेको बताए ।
वरिष्ठ साहित्यकार, प्राज्ञ सरुभक्त श्रेष्ठले अग्रजको सम्मान नेपाली मूल्यमान्यताकै रुपमा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा सम्मानित भएको बताए ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारले सांस्कृतिक प्रस्तुति, उपाध्यक्ष श्रीजंग गुरुङले मेनकाजी स्मृति कोषको स्थापना र उद्देश्यबारे प्रष्ट पार्दै स्वागत गरेका थिए । सचिव मनबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता
सामुदायिक बगरमा दोहारिए राम
उद्घोषण एवं माहुरीपालन तालिम
जनता सहकारीको साधारणसभा
डिएलए कास्कीमा शर्मा
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१