प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०८०
Bishwambhar shrestha

पोखरा ।  सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश सिफारिस श्रेष्ठको नाम अनुमोदन गरेको हो।

प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन भएको समिति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बताए। सुनुवाइ समितिमा श्रेष्ठ विरुद्ध ३ वटा उजुरी परे पनि एउटा मात्रै उजुरीकर्ता समितिको सम्पर्कमा आएका थिए।

यसअघि सुनुवाइका लागि पुगेका श्रेष्ठलाई सांसदहरुले विभिन्न प्रश्न सोधेका थिए। सांसदले सर्वोच्चका मुद्दा व्यवस्थापनबारे चासो व्यक्त गरेका थिए। श्रेष्ठले सुनुवाइका क्रममा अदालतमा बिचौलिया नियन्त्रण र न्यायपालिका सुधारको काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

सुनुवाइ समितिबाट अनुमोदित भएपछि श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशको रुपमा सपथ खुवाउनेछन्।

Related News

सम्बन्धित समाचार

  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…

hero news full width