‘गण्डकीमा चलचित्र बोर्ड छिट्टै’

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०८०
GFAN Photo

पोखरा । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेशमा चलचित्र विकास बोर्ड गठनका लागि संसदमा आवाज उठाउने बताएकी हुन् । शनिबार गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को १५ औं साधारण सभा उद्घाटन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

सांसद गुरुङले गण्डकीमा अत्यधिक गुरुङ फिल्म निर्माण हुने भएकोले प्रत्येक महिना कम्तीमा एउटा फिल्म हलमै प्रदर्शनका लागि प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिइन् । उनले जिफान जातीय समुदायको संस्था भएकाले जग्गा खरिद गरी संस्थाको भवन निर्माण गर्नुपर्ने बताउँदै आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

प्रदेशसभा सदस्य वेदबहादुर गुरुङले मातृभाषाको संरक्षणका लागि गुरुङ चलचित्रको विस्तारमा जोड दिनुपर्ने बताए ।

अन्नपूर्ण गाउँपालिका प्रवक्ता एवं एमाले कास्की सदस्य भरतमान गुरुङले पालिकास्तरमा गुरुङ चलचित्रको प्रचार गरिनुपर्नेमा जोड दिए । गाउँमा गुरुङहरुको कथा रहेकाले गाउँबाटै यसको सुरुवात गरिनुपर्ने उनको जोड थियो ।

माओवादी केन्द्रका युवा नेता तोरण गुरुङले गुरुङ चलचित्रको विकास गर्न सके युवाविदेश पलायन रोक्न सकिने बताए । जसपाका नेता मनबहादुर गुरुङ चलचित्र संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

सभामा सचिव लवसन गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अर्जन गुरुङको आर्थिक प्रतिवेदन सर्वसम्मतले पास गरिएको थियो । सो अवसरमा विभिन्न विषयमा छलफल गरिएको थियो । सभामा कानुनी सल्लाहकार अधिवक्ता जूनाकुमारी गुरुङको अध्यक्षतामा सल्लाहकारहरु कृष्णकुमार गुरुङ, भोजबहादुर गुरुङ, माओत्सेतुङ गुरुङ र राजेश गुरुङ सदस्य रहेको बन्दसत्रमा विभिन्न विषयमा छलफल भएको हो ।

मूलधारका चलचित्रले गुरुङ समुदायको विषय उठान गरे जिफानबाट स्वीकृत लिनुपर्ने सम्बन्धमा विधान संशोधन गर्ने निर्णय गरिएको जिफान सचिव लवसन गुरुङले बताए । जिफान अध्यक्ष गुञ्जबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लवसन गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width