सुशासन तथा जनसेवा सरकारको प्राथमिकता : गृहमन्त्री

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०८०
home minister

हेमजा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको प्राथमिकता सुशासन तथा जनसेवा भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले शनिबार पार्टीअन्तर्गतको गण्डकी प्रदेश समितिको सातौं पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने औंल्याए । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको मोर्चा नै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उनको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिए । उनले भने, ‘हालका उपलब्धिलाई राजनीतिक परिर्वतनको क्षेत्रमा मात्र सीमित गरियो भने परिवर्तनको औचित्य आमजनतामा पुष्टि हुन सक्दैन ।’ राष्ट्रिय एकता सुदृढ गर्नु, हालसम्मका उपलब्धि र संविधानको रक्षा गर्नु, संविधानलाई माध्यम र साधन बनाउँदै सामाजिक आर्थिक रुपान्तरण गरी विकास र समृद्धिको यात्रा तीव्र बनाउनु देशको मुख्य कार्यभार रहेको उनले बताए ।

भदौ १६ देखितीनमहिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

वर्तमान सरकारले शान्तिप्रक्रियासँग सम्बन्धित बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउन चाहेको श्रेष्ठले स्पष्ट पारे । ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको काम पूरा गर्नुपर्नेछ, द्वन्द्व पीडितलाई न्याय दिनुपर्ने नै छ, यस पटक हरहालतमा संक्रमणकालीन न्यायको काम पूरा गरेर शान्तिप्रक्रियालाई समग्रमा टुंगोमा पुर्‍याउन सरकार लागिपरेको छ,’ गृहमन्त्री श्रेष्ठले भने ।

पार्टीले आगामी भदौ १६ देखि सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लाई गण्डकी प्रदेशमा प्रभावकारी बनाउने गरी लाग्न प्रदेशका नेता कार्यकर्तालाई उनले निर्देशनसमेत दिए ।

अभियानक्रममा नयाँ सदस्यता वितरण, संगठन सुदृढीकरण, संगठन पुनर्गठन र विस्तारको कामलाई व्यवस्थित गर्न वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको आग्रह थियो ।

उनले भने, ‘जनताको बीचमा जाँदा हरेक जनताको घरमा पुग्नुपर्दछ । हाम्रो पार्टीको समर्थक मात्र होइन, विपक्षीको घरमा पुगेर सरकारले सुशासनका लागि गरेका कामका बारेमा सुझाव लिनुहोला । हामीले गरेको काम जनतालाई बताउनुपर्दछ, सुझाव लिनुपर्दछ र जनताले गाली गरेपनि सहनुपर्दछ ।’

बैठकमा माओवादी केन्द्र महासचिव देव गुरुङ, माओावदी गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाललगायत नेताले पनि समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width