नागरिक परोपकारको साधारण सभा

आदर्श समाज सम्वाददाता
भाद्र २, २०८०
Nagarik Paropakar News

लेखनाथ । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० को चौंथो वार्षिक साधारण सभा शुक्रबार भएको छ ।

सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्यले विपत् व्यवस्थापनका कार्यहरूमा संस्थाले गर्दै आएका कार्यहरूको प्रशंसा गरे । उनले आगामी दिनमा महानगरको विपद् व्यवस्थापन समितिसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । विपद्का घटनाहरूबाट क्षति हुनै नदिनेतर्फ सबैजना सचेत हुनुपर्ने र पूर्वतयारीका गतिविधिलाई पनि सहकार्यका माध्यमबाट अघि बढाउन उनले सुझाव दिए ।

मेयर आचार्यले विश्व बैंकको आर्थिक सहयोगमा पोखरा–२६ अर्घौंदेखि शिशुवा, खुदी हुँदै गगनगौंडा जोडिने सडक मार्ग निर्माणको लागि योजना छनोट भएको र यसलाई सफल बनाउन सम्पूर्ण स्थानीयले सहयोग गर्नुपर्ने बताएका थिए ।

मेयर आचार्यले संस्थाको नवनिर्मित भवन उद्घाटन गरे । करिब ३० लाखको लागतमा निर्माण सम्पन्न भएको ५ कोठे भवनमा संस्थाको कार्यालय, सभाहल, विपद व्यवस्थापनका सामग्रीहरूको स्टोर रहेका छन् ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नागरिक परोपकार समन्वय संस्था रुपा गाउँपालिकाको पनि सहयात्री संस्था भएको र आफूहरूले पनि संस्थाको सेवाबाट लाभ लिन पाएको बताए । उनले गाउँपालिकाले व्यवसायीहरूका लागि व्यवसायमैत्री नीति ल्याएको बताउँदै रुपा गाउँपालिकालाई व्यवसायको हब बनाउन सकिने पनि बताएका थिए ।

कार्यक्रममा पोखरा–३० का अध्यक्ष एवं संस्थाका संरक्षक दुर्गाप्रसाद सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, संस्थापक संरक्षक श्रीराम पोखरेल, संस्थापक अध्यक्ष राजेन्द्र ओझा, पोखरा महानगर कार्यपालिका सदस्य भीमकुमारी पुन लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव गीता जमरकटृेलले सञ्चालन र उपाध्यक्ष देवराज पन्थीले धन्यवाद गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’

    श्रीभद्र पौडेल भाद्र २९, २०८१
    पोखरा । सराङकोट बजारका कृष्ण तिमिल्सिनाले स्थानीय कैलाशेश्वर शिव मन्दिरमा धूपबत्ती गर्न थालेको पनि करिब १४/१५ वर्ष भयो । सुरुका…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ…
  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…

hero news full width