पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

आदर्श समाज सम्वाददाता
भाद्र २, २०८०
padmashree-puraskar

पोखरा ।  पद्मश्री साहित्यिक पुरस्कार(२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ ।

दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, डा‍ देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा‍ नवराज केसीको शून्यको मूल्य रहेका छन् ।

पुरस्कारका लागि १ सय ८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी ५ मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार विसं २०६३ देखि प्रदान गर्न थालिएको हो ।

Related News

सम्बन्धित समाचार

  • मिस मगरमा म्याग्दीको वर्चश्व

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा, २३ भदौ । म्याग्दीकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति…
  • चैतन्यको ‘जुद्ध शमशेरका नाममा’ लोकार्पण

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । कवि चैतन्य अधिकारीले कविता संग्रह ‘जुद्ध शमशेरका नाममा’ प्रकाशनमा ल्याएका छन् । उक्त संग्रहको शनिबार पोखरामा लोकार्पण भयो…
  • यसरी मनाए कलाकारले तीज

    रासस भाद्र २१, २०८१
    काठमाडाै । आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५ वर्षदेखि…
  • कविशिरोमणिको पूर्णकदको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    लेखनाथ । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्णकदको सालिक अनावरण गरिएको छ । शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज…
  • मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, यादवलाई जगदम्बाश्री

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । मोहन मैनालीको ‘मुकाम रणमैदान’ कृतिले २०८० सालको मदन पुरस्कार पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभा…

hero news full width