पोखर। गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले त्रिवेणी–कोरोला सडक निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभामा मंगलबार विशेष समय लिएर नेता अधिकारीले बाटो खोल्न र संरचना बनाउका लागि आफ्नो श्रमदान गर्न तयार रहेको भनाइ राखे ।
उनले भने, ‘गजेन्द्रमोक्षधामदेखि कोरोलासम्म हामी आफैले हाम्रो प्रदेशबाट जान सकेनौं भने प्रदेशको औचित्यमाथि प्रश्नचिह्न खडा हुन्छ, त्यहाँ संरचना बनाउने काम र बाटो खोल्ने काममा ध्यान दिनुपर्दछ । होइन भने प्रतिपक्ष तपाईं भन्नुस् श्रमदान दिएर त्यो सम्पूर्ण काम प्रतिपक्षको अगुवाईमा हामी गर्न तयार छौं सरकार तयार छ कि छैन ?’ उनले सरकारले श्रमदान र श्रम शिविरको आह्वान गरेमा कार्यकर्ता खटाउने उद्घोष गरे ।
कोरोला नाकामा सीमा सुरक्षा कार्यालय खोल्न पर्न सरकार तत्पर हुनुपर्ने उनको भनाइ थियो । सीमाभन्दा १४ किलोमिटर तल बिओपी राखेर हुँदैन भन्दै त्यसका लागि रकम अपुग भए आफू १ महिनाको तलब दिन तयार रहेको बताए । नेता अधिकारीले कागबेनी लगायत ११ वटै जिल्लामा बाढी पहिरोले पु¥याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहतको प्रबन्ध गर्न अनुरोध गरे । प्रदेश र मुलुकभर लम्कीस्किनको महामारी फैलिएको भन्दै उनले पशुं संकट घोषणा गर्न सुझाव दिए ।
पूर्व मुख्यमन्त्री समेत रहेका मुख्यमन्त्री अधिकारीले आफ्नो सरकारले थालेका काम पछ्याएर सय दिनको उपलब्धिमा राखेको भन्दै कटाक्ष गरे । विकास निर्माणको कामलाई ध्यान नदिएर खगराजका पालामा नियुक्त भएका ५ कर्मचारीलाई हटाउने ध्याउन्नमा भौतिक मन्त्रालय लागेको उनको भनाइ थियो ।
गण्डकी विश्वविद्यालयको बजेट कटौतीदेखि प्रज्ञा प्रतिष्ठान, जिपास्ट, जिआइटीलाई कमजोर बनाएर सरकार कहाँ पुग्ने खोजेको भन्दै उनले प्रश्न गरे । अधिकारले अहिले आँखा पाक्ने रोग फैलिरहेको बेला सरसफाइमा विषेश ध्यान दिन आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
hero news full width
मुख्य समाचार
पोखरामा हाप्किडो सेमिनार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१