कागबेनीका विस्थापितलाई तत्काल राहत दिन पोखरा पर्यटन परिषद्को जोड

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०८०
kaagbani (3)

पोखरा । पोखरा पर्यटन परिषद्ले कागबेनीमा भेलबाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । परिषद्का तर्फबाट अध्यक्ष पोमनारायण श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै कागबेनीमा आइतबार राति आएको भेलबाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विस्थापित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकार, स्थानीय तह र संघीय सरकारलाई अनुरोध गरेका हुन् ।

उद्धार, उपचार, पुनस्र्थापना र राहत कार्यमा कुनै कसर बाँकी नराखी नागरिकको पीडामा मलम लगाउने गरी आवश्यक सबै प्रकारका कदम चाल्न परिषद्ले सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै, सुरक्षा निकाय, नागरिक समाज, अन्य सरकारी तथा गैरसरकारी संघसंस्थालाई नागरिकको सुरक्षामा केन्द्रित हुन अपील समेत गरेको छ । नागरिकका लागि आवश्यक टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने, बाढीपहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षण लगायतका कार्यमा सम्बन्धित मन्त्रालयबाट आवश्यक समन्वय, स्रोत साधनको परिचालन र सहजीकरण गर्न परिषद्ले अनुरोध गरेको छ ।

आइतबार राति कागखोलाको बाढीले कागबेनी खण्डबर बनेको छ । कैयौं घर बगाएको छ भने ठूलो भौतिक क्षति भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width