अन्तर्राष्ट्रिय विमानस्थलबाट र लम्कीस्किनबारेमा एमाले गरायो जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०८०
gandaki parle

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशसभा सचिवालयमा २ वटा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र पछिल्लो समय पशु चौपायमा फैलिएको लम्पी स्किन रोगबाट पीडित किसानलाई क्षतिपुर्ति तथा बिमा कम्पनीले दिनुपर्ने रकम दिलाइदिन मागसहित प्रस्ताव दर्ता गरेको हो । ‘भारत हुँदै उडान बाहिरिने ५ वटा रुट खुला भए पनि भित्रिन सिमराको रुट मात्रै खुला छ ।

प्रधानमन्त्रीको तहबाट पश्चिमको रुट समेत खुला गर्नेगरी छलफल गर्नुपर्छ,’ प्रस्तावक देवका पहारी भन्छिन्, ‘पोखराबाट नियमित उडान नभए कर्जा तिर्न समस्या हुन्छ । कतार, भुटान लगायत देशले उडान भर्न चाहना राखेर पनि सरकारले अनुमति नदिएको समाचार बाहिरिएको छ । विभिन्न गन्तब्यसँग यथाशीघ्र सम्झौता गर्न हाम्रो माग हो ।’ उनको प्रश्तावमा सांसदहरु यशोदा रिमाल र कृष्णप्रसाद पाठकले समर्थन गरेका छन् ।

यस्तै, सांसद भीम कार्कीको प्रश्तावमा लम्पी स्किन रोगको निदानबारे अर्को जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता भएको छ । गण्डकीमा हालसम्म ८५ मध्ये ८२ पालिकामा यो रोग फैलिएको छ । प्रदेशका ८ लाख ५४ हजार पशुबस्तु मध्ये हालसम्म १२ प्रतिशतलाई मात्रै खोप लगाइएकोले धेरै क्षति हुन सक्ने संकेत सहित सरकारको ध्यानाकर्षण गराएको कार्कीले बताए । केन्द्रबाट ५१ हजार ४ सय, किसानले ५ हजार १ सय, स्थानीय तहले ४६ हजार ७ सय पशुमा मात्रै खोप पुगेको छ ।

‘बिमा गरिएका पशु चौपायाको मृत्यु भएपछि बिमा कम्पनीले रकम दिन मानेका छैनन् । ढिलासुस्ती र आनाकानी गरेका छन्,’ उनले भने, ‘रोग फैलिँदै गएकोले रोकथामका लागि प्रदेश सरकारको भूमिका प्रभावकारी हुनुपर्छ । किसानलाई क्षतिपूर्ति र राहतको व्यवस्था गर्न जोडदार माग गर्दछौं ।’ उक्त प्रस्तावमा एमालेकी सांसद राजकुमारी भुजेल र राप्रपा सांसद विन्दु पौडेलले समर्थन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • ‘रमाउन नसक्नेले राजनीति नगर्नू’

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले राजनीति रमाउनेहरुको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने…
  • प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । १११ औं बिपी जयन्ती अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएकोमा ११ जनालाई बुधबार…
  • अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदीप गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व…
  • धनराज भन्छन्–छानबिनमा सघाउँछु

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेस उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङविरुद्ध सीआइबीमा उजुरी परेको छ…
  • मादी १२ मा कांग्रेसको क्रियाशील सदस्यता वितरण

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाली कांग्रेसद्वारा कास्कीका ७२ वटै वडामा एउटै समयमा पार्टीको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत मादी–१२ मा सोमबार क्रियाशील सदस्यता…

hero news full width