पोखरा । गण्डकी प्रदेश सभाको बिहीबार बस्ने भनिएको बैठक कार्यव्यवस्था परामर्श समितिले कार्यसूची बनाउन नसकेपछि अन्तिम समयमा स्थगित भएको छ ।
२२ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर २५ गते संसदीय समिति गठन गर्ने कार्यसूची बनाएको थियो । तर दलहरुले समितिमा बस्ने सदस्यहरुको नाम नदिएपछि बुधबार सभामुखले कार्यसूची नै फेरेर बैठक डाके । उनले मुख्यमन्त्रीलाई सरकारको हालसम्मको कामबारे सम्बोधन गर्ने गरी कार्यसूचीको तयारी गरेका थिए । तर मुख्यमन्त्री बोल्न तयार भएनन् । सांसदहरु २ घन्टासम्म दलको कार्यालयमा बसेर घर फर्किएका छन् । मुख्यमन्त्रीले बोल्ने कार्यसूची रहेको तर मुख्यमन्त्रीले बोल्न नचाहेपछि बैठक स्थगित भएको एमालेको आरोप छ । ‘सभामुखले बुधबार फोन गरेर मुख्यमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउनुभएको थियो । बैठक सुरु हुने बेलामा मुख्यमन्त्रीले तयारी पुगेन भन्नुभएछ,’ एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भन्छन्, ‘त्यसपछि हामीले विपक्षी दलको नेता बोल्नुहुन्छ बैठक चलाऔं भन्यौं । सभामुख ज्यू मान्नुभएन, बैठक २९ गतेका लागि स¥यो ।’
तर प्रधानमन्त्री वा मुख्यमन्त्रीले बोल्नका लागि मात्रै संसद बैठक बस्ने प्रचलन कतै नभएको जानकारहरु बताउँछन् । संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा मुख्यमन्त्रीले बोल्ने तयारी थियो । ‘बिहीबार समिति गठनको सम्भावना टरिसकेको थियो । बैठक नबसेको लामो समय भएको र मुख्यमन्त्रीले सम्बोधन गर्ने भनेपछि बैठक बोलाइएको हो,’ संसद सचिवालयका अधिकारी भन्छन्, ‘मुख्यमन्त्री ज्यूले मात्रै बोल्नका लागि बैठक डाक्ने प्रचलन रहेनछ । त्यसपछि समिति गठनको गृहकार्य गरियो । तर दलहरुले तयारी नपुगेको भनेपछि बैठक स्थगित भयो ।’
कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा भने समिति गठन गर्ने विषयले प्रवेश नपाएपछि नै बैठक स्थगित गरिएको बताउँछन् । ‘मुख्यमन्त्री वा विपक्षी दलको नेता बोल्नका लागि मात्रै भनेर संसद बैठक बस्ने प्रचलन छैन । विधेयक टेबुल गर्न पनि सम्भव भएन,’ उनले भने, ‘समिति गठनका लागि भनेर बैठक बोलाइएको हो । एमालेले नाम दिन सकेन, बैठक स्थगित गरियो ।’
मुख्यमन्त्रीले बोल्न नचाहेपछि बैठक स्थगित भएको एमालेको आरोप
एमालेले समितिमा बस्ने सांसदहरुको सूची नदिएका कारण बैठक अघि नबढेको उनको भनाइ छ । ‘कांग्रेस र माओवादीले समितिमा रहने सदस्यहरुको नाम सभामुखलाई टिपाइसकेको छ । तर एमालेले गृहकार्य पुगेन भनेर समय माग्यो,’ उनी अघि भन्छन्, ‘२८ गतेसम्म एमालेले नाम सभामुखलाई दिने भनेपछि २९ गतेका लागि अर्को बैठक डाकिएको छ ।’ आम निर्वाचन सकिएको ८ महिना बितिसक्दा पनि गण्डकीमा संसदीय समितिहरु गठन भएका छैनन् । अघिल्लो महिना संसदको नियमावली संशोधनसहित पास भएको छ । गण्डकीमा विधायन समिति हटाएर ४ वटा समिति रहने व्यवस्था गरिएको छ । समिति संख्या यसअघि पनि ४ वटै थियो ।
सभामुख कृष्णप्रसाद धितालले दलहरुले तयारी नपुगेको भनेपछि दबाबसाथ बैठक नचलाएको बताए । ‘समिति नबनेको धेरै समय भइसक्यो । समिति बनाऊँ छलफल गरौं भन्ने मेरो आशय थियो,’ उनले भने, ‘तर दलहरुले नै तयारी पुगेन भनेपछि मैले प्रेसर गर्न सकिनँ । हामी सबैको तर्फबाट कमजोरी भएको छ । कुनै एकपक्षका कारण मात्रै बैठक बस्न नसकेको होइन ।’ संसद चलाउन सरकारले विधेयक समेत दिएको छैन । बुधबार वन विधेयक संसद सचिवालयमा दर्ता भएको छ । तर संसदमा टेबुल गर्न सचिवालयमा दर्ता भएको ३ दिन पुग्नुपर्छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान बिना पूर्व तयारी बैठक बोलाइएकोले बस्न नसकेको बताउँछन् । ‘बैठक बस्नुअघि तयारी पर्याप्त हुन सकेन । सरकारका सय दिनबारे मुख्यमन्त्रीले सदनलाई जानकारी गराउने भनेर बैठक बोलाइयो । तर मुख्यमन्त्रीले तयारी पूरा नभएको जवाफ दिएपछि यो अवस्था आयो,’ उनी अघि भन्छन्, ‘मुख्यमन्त्री नबोल्ने भएपछि विपक्षी दलको नेताले बोल्ने कुरा पनि चलेछ । तर यो एजेनडा बन्दैन । एजेण्डा बन्न कि विधेयक हुनुप¥यो, कि प्रदेश प्रमुखको सम्बोधन एजेनडा बन्छ । मुख्यमन्त्रीले सरकारका बारेमा बोल्ने कुरा पनि एजेन्डा बन्थ्यो ।’ बिहीबार मुख्यमन्त्रीको सम्बोधनसँगै मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस गर्ने प्रारम्भिक कार्यसूची थियो । शून्य र विशेष समयको पनि कार्यसूची थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
hero news full width
मुख्य समाचार
पोखरामा हाप्किडो सेमिनार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१