पोखरा । सुजुकीका दुई एसयुभी जिम्नी र फ्रोन्क्स सोमबार पोखरामा सार्वजनिक गरिएको छ । सुजुकीको गण्डकी धौलागिरीको आधिकारिक वितरक बतास ब्रदर्श प्रालिले दुवै गाडी सार्वजनिक गरेको हो ।
पोखरामा भएको कार्यक्रममा बतासका प्रमुख सञ्चालन अधिकृत राजेश रानाभाटले गाडी सार्वजनिक गरेका हुन् । अधिकृत रानाभाटले पोखरामा सार्वजनिक गरेसँगै देशभर नै यसको बिक्री सुरु भएको बताए । सुजुकी जिम्नीको सुरुआती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको बतास ब्रदर्श, सुजुकीका सेल्स अफिसर बिक्की गुरुङले जानकारी दिए ।
सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयुभी भएको उनले बताए । द फेस अफ न्यु एसयुभीु भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरूले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्ने कम्पनीले जनाएको छ । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरूले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरूको लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीको छ ।
सुजुकी जिम्नीको सुरुआती मूल्य ५९ लाख ९९ हजार र फ्रोन्क्सको ३९ लाख ९९ हजार रुपैयाँ रहेको
सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतीक्षित कारमध्ये एक रहेको कम्पनीको भनाइ छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी हो । जुन जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । यो पर्याप्त बडी एंगल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । अफ–रोडको लागि उत्तम हुने गरी डिजाइन गरिएको जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू रहेको कम्पनीको दाबी छ ।
बतास बदर्श प्रा।लिका प्रमुख सञ्चालन अधिकृत राजेश रानाभाट र सुजुकीका सेल्स मेनेजर नवराज अधिकारीले देशमा रहेको फरक भौगोलिक अवस्था तथा त्यसमा अनुभव गर्न सकिने फरक ड्राइभिङ परिवेश तथा अवस्थितिका कारण पछिलो समयमा नेपाली बजारमा एसयुभी सवारीको माग उच्च रहेको र ग्राहकवर्गले पनि आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गरेको बताए । इच्छुकलाई दुवै सवारीको टेस्ट ड्राइभको पनि व्यवस्था गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
महानगरले विकल्प नदिए आन्दोलनमा उत्रने अटो मेकानिक्सको चेतावनी
यामाहा रेजेड आर १२५ को माइलेज टेस्ट राइड
बद्रीलाई १ किलो चाँदी उपहार
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०