हेमजा । ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा यस वर्ष हुने हरितालिका तीजमेलाको तयारी सुरु गरिएको छ । जसअन्तर्गत शनिबार भएको भेलाले वीरेन्द्र गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । जसको उपसंयोजक सुशील भण्डारी, सचिव दिल जिसी, सहसचिव नारायण पौडेल (नयन), कोषाध्यक्ष विष्णुप्रसाद भण्डारी छन् । सदस्यहरू शंकर केसी, सम्राट गुरुङ र अनील विक चयन भए ।
भेलाले विभिन्न उपसमिति संयोजक पनि छनोट गरेको छ । नवराज श्रेष्ठ अर्थ संकलन उपसमिति, नवीन गुरुङ प्रचारप्रसार, श्रीभद्र पौडेल मिडिया, जीतेन्द्र गुरुङ खेल, मोहन अधिकारी मञ्च व्यवस्थापन, नारायण पौडेल सांस्कृतिक, हरिमाया अधिकारी अतिथि सत्कार, दिल जिसी सचिवालय व्यवस्थापन, विकास गुरुङ छपाइ तथा प्रिन्टिङ उपसमिति संयोजकको जिम्मेवारी दिइएको छ ।
आगामी भदौ २९ गतेदेखि असोज २ गतेसम्म माछापुच्छ्रे माविको खेल मैदानमा मेला सञ्चालन हुनेछ । मेलाअन्तर्गत खुला ११ ए साइड नकआउट फुटबल प्रतियोगिता (पुरुष), महिला फुटबल ,महिला दौड, तीजगीत प्रतियोगिता, रस्साकस्सी, छेलो हान्ने लगायत प्रतियोगिता गर्न लागिएको सञ्जाल अध्यक्ष सुशील भट्टचनले जानकारी दिए ।
कुल १६ टिमको सहभागिता रहने पुरुष फुटबलतर्फको विजेता समूहले ३ लाख ३ सय, उपविजेता समूहले १ लाख ७० हजार १ सयका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रचारप्रसार संयोजक नवीन गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१