पोखरा । विद्यालयका बसचालक तथा सहचालकलाई लक्षित गर्दै अटोवेज प्रालिले आँखा शिविर गर्ने भएको छ । नयाँबजारस्थित अटोवेज शोरुमको भवनमा बुधबारदेखि शुक्रबारसम्म ३ दिन शिविर सञ्चालन हुने भएको अटोवेजकी निर्देशक सन्ध्या पौडेलले बताइन् ।
उनका अनुसार साउन २९ गते लेखनाथस्थित गण्डकी बहु प्राविधिक शिक्षालयमा र साउन ३० गते लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिने छ ।
‘हामीले स्कुल बसका चालक तथा सहचालकहरूलाई लक्ष्य गरेर अहिले निःशुल्क आँखा जाँच शिविर राखेका छौं । शिविरको उद्देश्य भनेको दिनहुँ सयौं विद्याथीलाई ओसार पसार गर्ने चालक तथा सहचालकहरूको आँखा जाँच गराएर उहाँहरूको आँखा दृष्टि सुरक्षित गराउनु नै हो । उहाँहरूलाई आफ्नो पायक पर्ने स्थानको शिविरमा पुगेर आँखा जँचाउन हामी अनुरोध गर्छौं,’ निर्देशक पौडेलले भनिन् ।
पोखरामा टोयटा, आइसर, कोमात्सु तथा बुलको आधिकारिक बिक्रेता अटोवेजले विद्यार्थी, अभिभावक र विद्यालयसँग जोडेर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ । अटोवेजले गोविन्द कलावती फाउन्डेसनमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग समेत गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री
‘आनन्द संहिता’ माथि परिचर्चा
एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता
राष्ट्रिय बहुउद्देश्यीय सहकारीको सभा
मानव मिलनको टोली भारत प्रस्थान
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१