पोखराको कर घटाउन वडाध्यक्षको माग

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०८०
pkhara tax

पोखरा । पोखरा महागनरपालिकाले चालु वर्षदेखि लागु हुने गरी अत्यधिक कर बढाएको छ । आर्थिक ऐन संशोधन गर्दै सम्पत्ति कर, मालपोत तथा भूमिकर अधिक बढाएको हो । करको शीर्षकमा दर नबढेपनि मालपोतमा जग्गाको मूल्यांकन बढेका कारण करदाताको ढाड सेकिएको हो । करदाताका अनुसार अघिल्लो वर्षको तुलनाका चालु वर्षमा १५ प्रतिशत सम्म कर बढेको छ । पोखराले चालु वर्ष आन्तरिक स्रोतबाट २ अर्ब ८७ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ ।

धेरै राजश्व उठाउने नाममा महानगरले अत्यधिक कर लिन थालेपछि वडाध्यक्षहरुले नै विरोध गरेका छन् । वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले करको दर घटाउन माग गर्दै महानगरको ध्यानाकर्षण गराएका हुन् । उनले नगदी र सम्पत्ति कर अत्यधिक वृद्धि भएको जनगुनासो आएकाले राजश्व परामर्श समितिको संयोजक समेत रहेकी उपमेयर मञ्जुदेवी गुरुङको ध्यानाकर्षण गराएको बताए ।

‘पोखरा महानगरपालिकाका जनप्रतिनिधिले आफूलाई भन्दा वडाबासीलाई सुन्छन् । वडाबासीको गुनासो सुन्न र समस्याको समाधान खोज्न जनप्रतिनिधि बनेका छौं,’ उनले भने, ‘आँफूलाई भन्दा अरुलाई सुन्न जनप्रतिनिधि बनेका हौं । पोखरा १३ ले आर्थिक ऐन २०८० अनुसार नगदी तथा सम्पत्तीकर असुल उपर गर्ने सम्बन्धमा वडाबासीको व्यापक गुनासो आएपछि राजश्व परामर्श समितिको संयोजकलाई गुनासो सहित माग राखियो ।’ तत्कालै माग सम्बोधन गर्ने प्रतिबद्धता गुरुङले गरेको बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…
  • पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र…

hero news full width