स्रष्टा समाज पुम्दीभुम्दीमा गोविन्द

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०८०
pumdibhumdi

पोखरा ।  स्रष्टा समाज पुम्दीभुम्दीको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनबाट गोविन्दप्रसाद बराल अध्यक्ष चयन भएका छन् । समितिको उपाध्यक्ष संगीतकार नवराज बराल, सचिव ध्रुव विपश्वी, कोषाध्यक्ष गुरुप्रसाद बराल, सहसचिव लक्ष्मी बराल चुनिए । सदस्यहरू नन्दलाल बराल, शोभाकर बराल, हरिप्रसाद बराल छन् भने बाँकी ३ सदस्य कार्यसमितिले पछि मनोनीत गर्नेछ ।

निर्वाचन मण्डलमा सहप्राध्यापक भीमनाथ बराल संयोजक तथा प्राज्ञ नारायण मरासिनी र साहित्यकार नवराज बराल ‘निशान्त’ सदस्य रहेका थिए । नयाँ कार्यसमितिले सपथ ग्रहणसमेत गरेको छ ।

नयाँ कार्य समितिले वरिष्ठ सल्लाहकार नवराज बराल ‘निशान्त’ र सहप्राध्यापक भीमनाथ बराल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपति डा. खगराज बराल, गायक अमृत गुरुङ तथा प्राज्ञ नारायण मरासिनीलाई सल्लाहकार मनोनीत गरेको छ ।

पोखरा २२ ठूलीबिणीस्थित सिम्लेपाखा शिव मन्दिर प्रांगणमा धूपीका बिरुवा रोपेर प्राज्ञ नारायण मरासिनीले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा प्राज्ञ नारायण मरासिनी, वरिष्ठ सल्लाहकार नवराज बराल ‘निशान्त’, पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक भीमनाथ बराल, सिर्जनशील आमा समूहकी अध्यक्ष मीनादेवी बराल, ठूलीबिणी टोल विकास समिति सभापति टंकराज पौडेल, समाजसेवी लोकनाथ बराल, संगीतकार नवराज बराल, समाजसेवी जगन्नाथ बास्तोला लगायतले बोलेका थिए । सभामा प्रतिष्ठान सेवा आयोगका अध्यक्ष डा. खगराज बराल र नेपथ्य ब्यान्डका संस्थापक गायक अमृत गुरुङले पठाएको शुभकामना सुनाइएको थियो ।

कार्यक्रममा अध्यक्ष गोविन्दप्रसाद बरालले छन्दकविता वाचनसहित स्वागत गरेका थिए । यसैबीच नारायण मरासिनी, नवराज बराल ‘निशान्त’, टंकराज पौडेल, बालप्रतिभा इशान बराल, नन्दलाल बराल, गुरूप्रसाद बराल, हरिप्रसाद बराल, शोभाकर बराल, ध्रुव विपश्वी, संगीतकार नवराज बराल, राजन बराल, लोक गायक छरमाया पौडेल, लक्ष्मी बरालले सिर्जना वाचन गरेका थिए । ‘मैले टेकेको धर्ती’ पुस्तकका रचनाकार शोभाकर बरालले लोक भजन प्रस्तुत गरी कार्यक्रमलाई संगीतमय बनाएका थिए ।

सो अवसरमा त्रिवेणी संगीतालय पोखराका संस्थापक संगीतकार नवराज बरालको भजन संग्रह लोकार्पण गरिएको थियो ।

संस्थाका परिकल्पनाकारमध्ये एक संस्थापक उपाध्यक्ष नन्दप्रसाद बरालको असामयिक निधनमा चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • मिस मगरमा म्याग्दीको वर्चश्व

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा, २३ भदौ । म्याग्दीकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति…
  • चैतन्यको ‘जुद्ध शमशेरका नाममा’ लोकार्पण

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । कवि चैतन्य अधिकारीले कविता संग्रह ‘जुद्ध शमशेरका नाममा’ प्रकाशनमा ल्याएका छन् । उक्त संग्रहको शनिबार पोखरामा लोकार्पण भयो…
  • यसरी मनाए कलाकारले तीज

    रासस भाद्र २१, २०८१
    काठमाडाै । आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५ वर्षदेखि…
  • कविशिरोमणिको पूर्णकदको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    लेखनाथ । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्णकदको सालिक अनावरण गरिएको छ । शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज…
  • मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, यादवलाई जगदम्बाश्री

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । मोहन मैनालीको ‘मुकाम रणमैदान’ कृतिले २०८० सालको मदन पुरस्कार पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभा…

hero news full width