एमाले गण्डकी अधिवेशन असोज १५ र १६ मा

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०८०
cpn uml

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजमा पोखरामा हुने भएको छ ।

सोमबार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोज १५ र १६ गते अधिवेशन गर्ने निर्णय गरेको पार्टीका गण्डकी प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले बताए । बैठकले जनवर्गीय संगठनका अधिवेशन सम्पन्न गर्ने, सदस्यता बिस्तार अभियान बढाउने निर्णय गरेको उनले बताए ।

बैठकको एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए । कार्यक्रममा महासचिव पोख्रेलसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारीलगायतले एमालेको भावी रणनीति र संगठन मजबुत अभियानबारे प्रकाश पारेका थिए ।
बैठकमा गण्डकीका ११ वटै जिल्ला कमिटीको रिपोर्टिङसहित समीक्षा गरिएको थियो ।

नवराज शर्माको अध्यक्षतामा भएको बैठकमा स्वागत मोहन रेग्मी र सञ्चालन सचिव धनञ्जय दवाडीले गरेको पार्टी प्रचार तथा प्रकाशन विभाग सदस्य रामजीप्रसाद लम्सालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width