सहारा एकेडेमीमा सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०८०
sahara (2)

पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई विभिन्न व्यक्तिले शनिबार सहयोग गरेका छन् ।

सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङ, उपाध्यक्ष सुमित्रा गुरुङ, कार्यसमिति सदस्य एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी तिलक गुरुङ लगायतले पोखरा १७ दोबिल्लास्थित एकेडेमी अवलोकन गर्नेक्रममा विभिन्न व्यक्तिले सहयोग हस्तान्तरण गरेका हुन् ।

यसैक्रममा पोखरा १०, रामबजार घर भई हाल हङकङ निवासी पुष्पा गुरुङले सहारा एकेडेमीको अक्षयकोषमा २५ हजार, देवेन्द्रजंग महतको स्मृतिमा हङकङ निवासी उनकी श्रीमती कमला गुरुङले १५ हजार, पूर्व राष्ट्रिय खेलाडी तिलक गुरुङले १० हजार सहयोग गरे । साथै, सहारा हङकङ उपाध्यक्ष सुमित्रा गुरुङले एकेडेमीमा आश्रित बालकहरु भागवत चौधरी र सन्तोष साहीको निम्ति कम्प्युटर सिक्न ३० हजार नगद सहयोग गरिन् । उक्त सहयोग सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङलाई हस्तान्तरण गरिएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

कार्यक्रममा सहारा क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बराल, उपाध्यक्ष एवं एकेडेमी संयोजक चित्रबहादुर पुन, महासचिव रामजीप्रसाद अधिकारी, सहकोषाध्यक्ष बिनु राना, सदस्य रोजिना गुरुङ, पूर्व कार्यसमिति सदस्य राजकुमार गुरुङ लगायतको उपस्थिति थियो ।

सहारा क्लबले अहिले चौंथो व्याचका रुपमा बाबुआमा गुमाएका विपन्न तथा कठिन परिस्थितिमा गुज्रिएका बालकको भर्ना लिएको छ । गत वर्षमात्रै एकेडेमीको नाम परिवर्तन गरी सूर्यबहादुर केसी मेमोरियल सहारा आवासीय फुटबल एकेडेमी नामकरण गरिएको थियो । जसमा आगामी १० वर्षसम्म पूर्व सांसद, उद्योगी एवं समाजसेवी स्व. सूर्यबहादुर केसीको परिवारले एकेडेमीलाई बर्सेनि १० लाख रुपैयाँ क्लबलाई प्रदान गर्ने सहमति छ ।

२०५५ साल भदौ ३० मा स्थापना भएको मोफसलको चर्चित क्लब सहारा क्लब एकेडेमीले यसै वर्ष स्थापनाको रजत जयन्ती मनाउँदैछ ।

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width