खेलकुद पत्रकार मञ्च गण्डकीले स्थापना दिवस मनाउने

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०८०
NSJF Gandaki

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी मंगलबार स्थापना दिवस मनाउने भएको छ । २०७५ साउन २३ मा जिल्ला प्रशासन कार्यालय कास्कीमा मञ्च दर्ता भएको दिनलाई स्थापना दिवस रुपमा मनाउन लागिएको हो ।

मञ्चको शनिबार ३० औं कार्यसमिति बैठकले कालावाङ घरेडी होमस्टेमा ‘सातौं पोखरा स्पोर्टस् अवार्डको को समीक्षा’ सहित दिवस मनाउने निर्णय गरेको हो । होमस्टे अवसरमा अवार्डको समीक्षासहित विविध कार्यक्रम गरिने निर्णय भएको मञ्च अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

गत २३ वैशाखमा पोखरा सभागृहमा मञ्चले स्पोर्टस् अवार्ड सफलतापूर्वक सम्पन्न गरेको थियो । जसमा ७ विधामा अवार्ड वितरण गरिएको थियो ।

२०५७ सालमा रामकृष्ण ज्ञवालीको अध्यक्षतामा राजधानीबाहिर पहिलोपटक नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय समिति गठन भएको थियो । संघीय व्यवस्थासँगै मञ्च स्वायत्तताको लागि प्रदेशस्तरमा कार्यक्षेत्र रहने गरी विधिवत दर्ता भएको थियो । केशव पाठकको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समितिले विधान मस्यौदा समिति तथा संस्था दर्ताका लागि संयोजक विजय नेपाल रहेको समिति गठन गरेको थियो । केशव पाठक र रञ्जन अधिकारी सदस्य रहेको समितिले संस्था विधिवत दर्ता (दर्ता नं ३९५४) गरेको हो । खेलकुद बिटमा कलम चलाउने पत्रकारहरु संगठित मञ्चमा हाल ७४ सदस्य रहेको मञ्च महासचिव राजाराम पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • गण्डकी प्रदेश मुवाँथाई संघमा मिलन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघ अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार प्रथम अधिवेशनले सम्पूर्ण कार्यसमिति…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • कास्की जिल्ला टेनिस संघमा राजकुमार गुरुङ

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पाेखरा । कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन भए । संघको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा…

hero news full width