कास्की मोडर्नाइज्डमा नेपाली भाषा ज्ञान प्रतियोगिता

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०८०
Nepali language KMAs

पोखरा । कास्की मोडर्नाज्ड एकेडमीमा अन्तरसदनात्मक नेपाली भाषा ज्ञान प्रतियोगिता भएको छ ।

नेपाली भाषा विभागको व्यवस्थापनमा सञ्चालित कार्यक्रममा कक्षा ७–१० सम्मका विद्यार्थी सहभागी थिए । भाषा ज्ञान सिप विकासका विभिन्न १० ओटा चरणमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै विद्यालयका संस्थापक प्राचार्य तथा एन प्याब्सन गण्डकीका अध्यक्ष रामबहादुर मोचीले नेपाली भाषा आफ्नो भाषा भएकाले यसको विकासले मात्र राष्ट्रको उन्नति हुने बताए । उनले हरेक विद्यालयले नेपाली भाषा ज्ञानका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । विद्यालयका सहप्राचार्य तथा कार्यक्रम संयोजक शिवलाल उपाध्यायले नेपालीको पहिचान नेपाली भाषाबाट नै हुने भएकाले यस्ता कार्यक्रमले राष्ट्रलाई नै फाइदा पुग्ने धारणा राखे ।

प्रतियोगितामा निलो सदनका गौरव सापकोटा, अलिसा श्रेष्ठ र सचिन बराल प्रथम, रातो सदनबाट अंशु चौधरी, रश्मीका रेग्मी र श्रेया सुवेदी द्वितीय र हरियो सदनबाट आभाष बराल, दिप राना र सहारा क्षेत्री तृतीय भए ।

नेपाली विभागबाट विद्या अर्यालले स्वागत तथा विभागीय प्रमुख निरोज केसीले सञ्चालन गरेका थिए । सरस्वती रेग्मी र इन्दु गौतमको विशेष सहयोगमा कार्यक्रम सम्पन्न भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा बिहीबार सम्पन्न भएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • माउन्ट अन्नपूर्णमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । साहित्य, कला…
  • पोखरामा खुल्यो गेन्स कलेज

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ । पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज)…
  • गुणस्तरीय शिक्षामा जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा–२३, कुद्वीडाँडास्थित हर्पनकोट माविको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्रामीण…

hero news full width