विन्ध्यवासिनी माविमा विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०८०
education (1)

पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय, पोखरा १६ मा कक्षागत रुपमा विभिन्न कार्यक्रम भए । विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुरुप कक्षा १ देखि ३ सम्म अंग्रेजी वादविवाद, कक्षा ४ र ५ मा म्युजिकल चेयर, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच नेपाली हिज्जे प्रतियोगिता भएको ग्रेड शिक्षण सहायक इन्चार्ज गोविन्द शर्मा पौडेले बताए ।

कार्यक्रम उद्घाटन गर्दै विद्यालय प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेको बताए ।

विद्यार्थी सुप्रिया पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा अंग्रेजी विभागका प्रमुख खिमलाल अधिकारी, ग्रेड शिक्षण इन्चार्ज इन्दु भट्टराई, सहायक इन्चार्ज गोविन्द शर्मा पौडेल लगायतले विषयगत क्रियाकलापले विद्यार्थीमा अध्ययनमा प्रति रुची बढ्ने बताए ।

सपना रेग्मीले सञ्चालन गरेको कार्यक्रममा शिक्षिका सविता अधिकारी, अनिता कोइराला र शारदा बरालले प्रतिस्पर्धी विद्यार्थीको मूल्यांकन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • माउन्ट अन्नपूर्णमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । साहित्य, कला…
  • पोखरामा खुल्यो गेन्स कलेज

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ । पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज)…
  • गुणस्तरीय शिक्षामा जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा–२३, कुद्वीडाँडास्थित हर्पनकोट माविको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्रामीण…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड नेपालमा हुँदै, विरवी र शास्वतको सहभागिता

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । नेपालमै पहिलोपल्ट यस वर्षको अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड हुने भएको छ । आगामी १७–२४ असोज (३–१० अक्टोबर) सम्म काठमाडौंमा तेस्रो…

hero news full width