औद्योगिक व्यापार मेलाबाट १३ लाख बचत

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०८०
pcc mela (1)

पोखरा । पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गरेको समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ बाट १३ लाख रुपैयाँ नाफा भएको छ ।

गत वर्षको मंसिर १६ देखि २५ सम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन गरेको मेलाबाट १३ लाख ४० हजार नाफा भएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले बिहीबार पत्रकार सम्मेलनमा जनाए । उनका अनुसार मेलाबाट १ करोड २० लाख ३१ हजार आम्दानी भएकोमा खर्च कटाइ उक्त रकम बचत भएको हो ।

मेलामा आम्दानीको प्रमुख स्रोत प्रायोजक रहेको संघले जनाएको छ । यसबाहेक राज्यका विभिन्न निकाय प्रवद्र्धक थिए । मेलाको प्रवेश टिकटमार्फत पनि केही आम्दानी भएको छ । मेला प्रवेशका लागि सर्वसाधारणसँग १ सय र विद्यार्थीबाट ६० रुपैयाँ लिइएको थियो ।

संघका अध्यक्ष प्रजापतिले व्यवसायीलाई उद्यमशीलता बनाउने गरी मेला आयोजना गरिएको बताए । ‘मेला भनेर हामीले टाउको गन्न होइन, व्यवसायी प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य लिएका थियौं’, उनले भने, ‘मेलामा उत्पादन क्षेत्र बढाउने, व्यावसायिक प्रवद्र्धन र उद्यमशीलताको विकासलक्षित मेला आयोजना गरेका हौं ।’

उनका अनुसारमा मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा स्टल गरी २ सय ५० स्टल राखिएको थियो । पोखरा उद्योग वाणिज्य संघले आगामी मंसिर तेस्रो सातादेखि अर्को संस्करणको राष्ट्रिय औद्योगिक व्यापार आयोजना गर्ने जानकारी दिए ।

‘मंसिर २१ देखि पुस १ सम्म अर्को संस्करणको औद्योगिक व्यापार मेला २०८० आयोजना गर्दै छौें’, उनले भने, ‘मेलालाई देखाउनभन्दा पनि व्यवसायीहरुलाई प्रत्यक्ष लाभ मिल्ने गरी औद्योगिक व्यापार मेला सञ्चालन गर्ने छौं ।’ यसैबीच, प्रजापतिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीमा भार थपिएको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पोखरा उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीमा भार थपिएको छ ।’

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width