पोखरा । नेपाली कांंग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले संघीयताका बारेमा सोच्नुपर्ने बेला आएको बताएका छन् ।
पोखरामा बुधबार पत्रकार भेटघाटमा नेता भण्डारीले संघीयताले धेरै विकृति जन्माएको हुँदा यसको विकल्प खोज्नुपर्ने बताए । जनतालाई अधिकार प्रदान गर्न स्थानीय तहको सरकारलाई नै बलियो बनाउनुपर्ने उनको सुझाव थियो ।
संविधानमा लेखिएअनुरुप निर्वाचन पद्धतिले काम गर्न नसक्दा संघीयताप्रति जनताको वितृष्णा बढ्दै गएको नेता भण्डारीले बताए । निर्वाचन प्रणालीले एउटै पार्टीलाई बहुमत आउन कठिन भएकाले पनि विकृति बढ्दै गएको उनको भनाइ थियो ।
उनले समानुपातिक प्रणालीमा एउटै व्यक्तिलेतीनन पटक अवसर लिएको बताउँदै पहिचान भनेको विविधता हो, यसलाई हरेक पार्टीले गलत व्याख्या गरी संविधानको मर्म विपरीत काम गरेको समेत आरोप लगाए ।
संघीयताले राष्ट्रिय सुरक्षामा समेत कमजोर बनाएकाले संघीयताका बारेमा पुन: व्याख्या गर्न जरुरी भएको उनले दोहोर्याए । देश बचाउने कुरामा पार्टीहरू संविधान संशोधन गरेर भए पनि एक हुनैपर्छ । उनले भने, ‘राष्ट्रिय स्वाधीनताप्रति दलहरू विचलित हुनु हुँदैन ।’
नेता भण्डारीले संविधानमा राखिएको धर्म निरिपेक्षता सम्बन्धी प्रावधान हटाउन जरुरी रहेको उल्लेख गर्दै वैदिक सनातन हिन्दू धर्म राष्ट्र घोषणा हुनुपर्ने भनाइ राखे । धर्म निरिपेक्ष घोषणा गरी राष्ट्र कमजोर बनाउने राजनितिक रुपमै डिजाइन भएको भन्दै धर्म निरपेक्षता घोषण गर्न नेताहरु विदेशीको दबावमा परेको पनि उनको आरोप थियो ।
नेपाललाई बलियो बनाउन सबै राजनीतिक दलका नेताको साझा प्रयास आवश्यक हुने उनले बताए । देश रहेमा मात्र पार्टी र सरकार रहन्छ भन्दै राष्ट्रियताको सवालमा गम्भीर रहन सबैलाई आग्रह गरे ।
पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको हुँदा कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको यथार्थ प्रस्तुुत गरे । उनले ठेकेदारहरुलाई ८० अर्ब रुपैयाँ दिन बाँकी रहनु मुलुकको लागि राम्रो संकेत नभएको समेत उल्लेख गरे ।
यसका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
भ्रष्टाचारबारे नेता भण्डारीले राजनीतिक संकटका बेला दलहरुकै नेताबाट आपराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनै बढी राजनीतिक नैरास्यता छाएको सुनाए ।
देश बनाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भएपनि एक हुनुपर्ने भनाइ राख्दै अब राजनीतिक दलहरु नयाँ ढंगबाट अगाडि बढ्नुको विकल्प नरहेको उनको तर्क थियो ।
Related News
सम्बन्धित समाचार
प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित
अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप
धनराज भन्छन्–छानबिनमा सघाउँछु
मादी १२ मा कांग्रेसको क्रियाशील सदस्यता वितरण
बिपीले परिकल्पना गरेको समाज निर्माणमा लाग्न जोड
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१