पोखरा । पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत थप २ वटा परियोजना छनोट गरेको छ । वल्र्ड बैैंकको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–शिशुवा–खुदीखोला–गगनगौंडा सडक स्तरोन्नतिका लागि परियोजना छनोट गरेको हो ।
साउन १४ गते बसेको कार्यपालिका बैठकले सन् २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी थप दुई वटा परियोजनाहरू छनोट गरिएको प्रमुख धनराज आचार्यले बताए । ‘वल्र्ड बैंकको सहयोगमा हाल तालचोक–बेगनास सडक स्तरोन्नतिको काम भइरहेको छ,’ प्रमुख आचार्यले भने, ‘यसबाहेक थप २ वटा महत्वपूर्ण परियोजनाहरू छनोट गरेका छौं । यी सबै परियोजना साढे २ वर्षभित्र सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ ।’ प्रमुख आचार्यका अनुसार यी परियोजना सम्पन्न पश्चात् नमुना सडक बन्नेछन् ।
यी सबै परियोजनाहरूमा वल्र्ड बैंकले २५.६८ मिलियन अमेरिकी डलर (३ अर्ब ३७ करोड ९३ लाख १० हजार ८ सय ८रुपैयाँ) लगानी गर्नेछ । निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८ सय ७३ रुपैयाँ, बिरौटा–पुडिटार सडक १.५ अर्ब र लेखनाथचोक–डाँडाकोनाक–शिशुवा–खुदीखोला–गगनगौंडा सडक १ अर्ब लागतमा स्तरोन्नति हुनेछ । तालचोक–बेगनास सडक स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी काठमाडौंले निर्माणको ठेक्का पाएको छ ।
अन्य २ वटा परियोजना सर्वेका लागि वल्र्ड बैंकको प्राविधिक टोली खटिने तयारीमा रहेको छ । ५ वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०२१ मार्च ५ मा सम्झौता भएको थियो ।
Related News
सम्बन्धित समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१