पोखरा । स्थानीयवासीको अवरोधसँगै एक सातायता पोखराको फोहोर व्यवस्थापन गर्न नसकिएपछि यहाँको दमकल शाखा परिसरमै पुरिएको छ । पोखरा ३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलसाइटमा फोहोर पुर्याउन नसकिएपछि दमकल शाखा परिसरमै पुरिएको हो ।
फोहोर नउठेका कारण बजार क्षेत्र दुर्गन्धित बन्दै जान थालेपछि उक्त फोहोर उठाएर महानगरपालिकाको दमकल शाखामा ल्याइएको थियो । बजारमा रहेको फोहोरको तत्कालीन व्यवस्थापनका लागि दमकल शाखामा ल्याइएकामध्ये १५ ट्रक फोहोर खाल्डो खनेर गाडिएको सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।
फोहोर व्यवस्थापन सम्बन्धमा स्थानीयवासीसँग छलफल भइरहेको र समस्या समाधान भएसँगै त्यो फोहोर पुन: ल्यान्डफिलसाइटमा नै लगिने उनले बताइन् । पोखराका मुख्य बजार क्षेत्र न्युरोड, नयाँबजार, पृथ्वीचोकलगायत स्थानका फोहोर उठाएर गाडीमा राखी दमकल शाखा परिसरमा लगिएको जानकारी दिँदै उनले फोहोर लैजाने व्यवस्था भइनसकेका अवस्थासम्म घरघरमा नै राख्न महानगरले सार्वजनिक सूचना गरेको बताइन् ।
पोखरा बजार क्षेत्रमा दैनिक करिब ८० ट्रक फोहोर उठ्ने गरेको बरालको भनाइ छ । महानगरपालिकाले विगत ६ महिनायता पोखरा ३२ लामेआहालमा अस्थायी ल्यान्डफिलसाइट तयार गरी फोहोर व्यवस्थापन गर्दै आएको छ । यसअघि पोखरा १४ स्थित बाच्छेबुडुवामा फोहोर फलिँदै आइएकोमा नयाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन थालेसँगै अस्थायी ल्यान्डफिलसाइट तयार गरिएको हो ।
अस्थायी ल्यान्डफिलसाइटका लागि लामेआहालका स्थानीयवासीसँग महानगरपालिकाले १६ बुँदे सहमति गरेकोमा त्यसलाई लागु नगरेको र ६ महिनापछि अन्यत्र व्यवस्थापन गर्ने भनिए पनि त्यो नभएको भन्दै स्थानीयवासीले फोहोर फाल्न रोक लगाउँदै आएका छन् ।
Related News
सम्बन्धित समाचार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१