पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा सञ्चालित ३ महिने ब्युटिसियन तालिम पूरा भएको छ । पोखरा बुद्धचोकमा रहेको बबि ब्युटी सलोन एन्ड टे«ेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडाभित्रका १५ जना महिलालाई तालिम दिइएको हो ।
तालिमको समापन कार्यक्रममा पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोलाले आगामी दिनमा पनि युवा लक्षित सिपमूलक व्यावसायिक तालिमलाई निरन्तरता दिइने बताए । तालिम संयोजक शान्ति कोइरालाले पोखरा १२ भित्र रहेका दिदी बहिनी लक्षित ३ महिने ब्युटिसियन व्यावसायिक तालिम आयोजना गरिएको बताइन् ।
तालिमका प्रशिक्षक सिनियर ब्युटिसियन तथा बबि ब्युटी सलोन एन्ड टे«ेनिङ सेन्टरका सञ्चालक बबिता केसी कार्कीले युवा महिलाले भोलिका दिनमा स्वरोजगार तथा आत्मनिर्भर हुनका लागि आजको दिनमा विभिन्न किसिमका सिपहरू सिक्न आवश्यक रहेको बताउँदै आफ्नो संस्थाबाट समेत युवालाई स्वरोजगार गराउने उद्देश्यले ब्युटिसियनसम्बन्धी विभिन्न तालिमहरू विशेष छुटमा सञ्चालन गरिरहेको बताइन् ।
प्रशिक्षार्थी लक्ष्मी कोइरालाले तालिममा सिकेको कुरालाई व्यवहारमा उतारेर स्वरोजगार बन्ने अवसर प्रदान गरेकोमा तालिम आयोजकलाई धन्यवाद दिइन् । इन्दिरा भण्डारीले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षार्थी गायत्री कुँवरले स्वागत गरिन् ।
Related News
सम्बन्धित समाचार
गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री
एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता
सामुदायिक बगरमा दोहारिए राम
उद्घोषण एवं माहुरीपालन तालिम
जनता सहकारीको साधारणसभा
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१