पोखरा । भारतको नयाँ दिल्लीमा उपचाररत ३१ वर्षीया पूजा अधिकारी कार्की परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । लालीगुराँस युवा क्लब, फेदीखोला २, खहरे स्याङ्जाले फोक्सोको क्यान्सरबाट पीडित पूजालाई सहयोग गरेको हो ।
क्लबको पहलमा संकलित ३ लाख २९ हजार ७ सय २९ रुपैयाँ क्लबका अध्यक्ष शंकर कार्की, ज्येष्ठ नागरिक समाजसेवी मानबहादुर कार्की र कोषाध्यक्ष समीर कार्कीले संयुक्त रुपमा पूजाका ससुरा धर्मराज कार्कीलाई हस्तान्तरण गरेका हुन् । पूजाका ससुरा धर्मराज कार्कीले क्लबप्रति आभार व्यक्त गरे ।
क्लबका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुजन पौडेलले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१