पोेखरा । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवमा प्राधिकरणका कार्यालय तथा अन्य हाताभित्र वृक्षरोपण गरिएको छ । सेती पावरहाउसबाट सुरु गरिएको वृक्षरोपण गण्डकी प्रदेशका १३ वटै वितरण तथा उत्पादन केन्द्रमा विभिन्न जातका ३ सय बोटबिरुवा वृक्षरोपण गरिएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रशासन अधिकृत भोलानाथ शर्माले बताए । उनका अनुसार कल्की, निम, धुपी, अमला, बर्रो लगायत औषधीजन्य बोटबिरुवा रोपिएको थियो ।
नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीले विश्वमा जलवायु परिवर्तनका कारण ठूलो चुनौती आइरहेको बेला वातावरणीय सन्तुलनका लागि जनचेतना अभिवृद्धि गर्न केन्द्रदेखि नै सो अभियान थालिएको बताए ।
पोखरा केन्द्रका प्रमुख राजीव सिंहले लाइन बिस्तारको क्रममा बोटबिरुवा काट्नुपर्ने बाध्यता रहेको अवस्थामा प्राधिकरणले रुख काट्न मात्र होइन, रुख रोप्ने पनि गरेको छ भन्ने सन्देश दिएको तर्क गरे ।
कार्यक्रममा प्राधिकरणका गण्डकी प्रदेश, पोखरा वितरण केन्द्र, सेती जलविद्युत आयोजना र कुँडहरलगायत कार्यालय प्रमुख तथा कर्मचारीको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
निजामती कर्मचारीलाई पुरस्कार प्रदान
हर्षोल्लासका साथ मनाइयो तीज
लामाचौर तीज महोत्सव सुरु
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१