निवृत्त शिक्षक समुदाय हेमजा गठन

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०८०
Ex teachers

हेमजा । निवृत्त शिक्षक समुदाय कास्कीको आयोजनामा शनिबार पोखरा–२५, हेमजामा भएको भेलाले कृष्णबहादुर कुँवरको अध्यक्षतामा वडा समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा घननाथ भण्डारी, सचिवमा हरिप्रसाद पौडेल साथै कोषाध्यक्षमा वसन्तराज त्रिपाठी चयन भए । त्यस्तै भेलाले जान्ह्वी त्रिपाठी, नारायणप्रसाद त्रिपाठी, धर्मराज भण्डारी, भीमराज पौडेल, बलराम त्रिपाठी, धनपति तिम्सिना, होमबहादुर थापा, जनार्दन बास्तोला र कृष्णलाल सापकोटालाई सदस्यको जिम्मेवारी पनि दिएको छ । त्यस्तै कृष्णबहादुर थापालाई नगर प्रतिनिधि पनि तोकेको छ ।

समाजका जिल्ला उपाध्यक्ष भुवनेश्वर शर्मा पौडेलको संयोजकत्वमा खगेन्द्र थापा र गमबहादुर कुँवर सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा समिति चयन गरेको हो ।

पोखरा महानगरपालिका प्रवक्ता एवम् वडा न.२५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजका केन्द्रीय सदस्य जनकलाल श्रेष्ठ, निवृत्त शिक्षकहरु कृष्णबहादुर कुँवर, कृष्णबहादुर थापा, खगेन्द्र थापा लगायतले धारणा राखे ।

निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष शर्माले स्वागत तथा सचिव शेषकान्त आचार्यले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • माउन्ट अन्नपूर्णमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । साहित्य, कला…
  • पोखरामा खुल्यो गेन्स कलेज

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ । पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज)…
  • गुणस्तरीय शिक्षामा जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा–२३, कुद्वीडाँडास्थित हर्पनकोट माविको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्रामीण…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड नेपालमा हुँदै, विरवी र शास्वतको सहभागिता

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । नेपालमै पहिलोपल्ट यस वर्षको अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड हुने भएको छ । आगामी १७–२४ असोज (३–१० अक्टोबर) सम्म काठमाडौंमा तेस्रो…

hero news full width