कांग्रेस नेता शिव गिरीको निधन : दुर्घटना कि षड्यन्त्र ?

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०८०
Surendra Pandey

स्याङ्जा । गण्डकी प्रदेश मुख्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका नेता शिवकुमार गिरीको निधनको वास्तविकता पत्ता लगाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस स्याङ्जाले आइतबार पार्टी मुख्यालयमा आयोजित शिवकुमार गिरीको निधनको ४५ औं दिनमा आयोजित श्रद्धाञ्जलीसभामा मुख्यमन्त्री पाण्डेले दुर्घटना हो या षड्यन्त्र हो यसको गहिराइसम्म पुगेर अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

‘विकासप्रेमी र खरो स्वाभावका गिरी नेपाली कांग्रेस पार्टीप्रति वफादार थिए । उनी तल्लो स्तरदेखि मल्याङ्कोट गाविस अध्यक्षदेखि चापाकोट नगरप्रमुखसम्मको जिम्मेवारी सम्हाल्दै विकास निर्माणमा धेरै योगदान पु¥याए ।’ मुख्यमन्त्री पाण्डेले भने, ‘नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै महासमिति सदस्य र सभापति पदका दावेदारसम्म बनेर सिंगो नेपाली कांग्रेसको संगठनलाई बलियो बनाए ।’

गिरीका अधुरा आयोजना तथा योजना क्रमशः पूरा गर्दै लानेमा उनले आश्वासन दिए । तरुण दलमा बसेर सँगै काम गरेको समेत उनले स्मरण गरे । गिरीको निधनले अपुरणीय क्षति पुगेको जनाउँदै परिवार र पार्टीसँग सरोकार राख्ने कोही पनि विचलित नहुन सुझाव दिए ।

सभामा प्रतिनिधिसभा सदस्य एवं जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेश उपसभापति एवं प्रदेश सांसद कल्पना तिवारी, सांसद भोजराज अर्याल र महेश भट्टराई, पूर्वसांसद भागवतप्रकाश मल्ल, कार्यवाहक सभापति केदार काफ्ले, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, सचिव दामोदर लम्साल, महासमिति सदस्य क्रमशः तुलसी गिरी, देवी अर्याल, गोविन्द रानाभाट, तारा मल्ल, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल, स्तन्त्रता सेनानी तारापति सुवेदी, चापाकोट नगरसभापति विक्रम सारु, नेपाली विद्यार्थी संघ अध्यक्ष गौरव प्रधान लगायतले विकास र संगठनप्रेमी गिरीको अस्वाभाविक निधनले सिंगो पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।

शिव गिरीका पत्नी कल्पना गिरीले आफ्ना पति र भाइ बलराम गिरीले आफ्ना दाजुको निधन नभइ हत्या भएको जनाउँदै सत्यतथ्य पत्ता लगाउनेगरी अनुसन्धानका लागि सबैको साथ र सहयोगको याचना गरे । घटनास्थल र घटनाको प्रकृति हेर्दा नै दुर्घटना जस्तो नभएको उनीहरुको भनाइ छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं चापाकोट नगरपालिकाका पूर्व प्रमुख शिव गिरीको सवारी दुर्घटनामा परी असार १ गते राति निधन भएको थियो ।
चापाकोट नगरपालिका ४ दार्सिङ घर भएका ६० वर्षीय गिरी पाल्पाको रामपुरस्थित एक परिवारलाई दुख भेट गरेर फर्कने क्रममा पुतलीबजार नगरपालिका १० बरजामा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर गिरीको जिल्ला अस्पतालमा निधन भएको हो । पुतलीबजार नगरपालिका १ स्थित आफ्नै निवासमा फर्कने क्रममा उनी सवार बा१५च १७०१ नम्बरको बरजा भन्ने ठाउँमा दुर्घटना परेको थियो । पुतलीबजार नगरपालिका ९ कोल्माका ३२ वर्षीय सुरज नेपाली पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…

hero news full width