अमरसिंहमा तुलसीप्रसादको स्मरण

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०८०
tulasi prasad gurung

पोखरा । समाजसेवी एवं शिक्षासेवी मेजर तुलसीप्रसाद गुरुङको निधनमा अमरसिंह माध्यमिक विद्यालयले शोक सभा गरेको छ ।

शुक्रबार विद्यालयको पठनपाठन बन्द गरेर आयोजित शोकसभामा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका उनको योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय परिवार तथा विद्यार्थीको उपस्थिति थियो ।

विद्यालय व्यवस्थापन समिति तथा भवन निर्माण समितिमा रहेर लामो समय योगदान पु¥याएका मेजर तुलसीप्रसादको विद्यालयले सधैं स्मरण गरिरहने विद्यालय प्रध्यानाध्यापक तेजश्वी बरालले बताए ।

२ कार्यकाल (करिब ९ वर्षसम्म) विद्यालय व्यवस्थापन समिति अध्यक्षमा रही योगदान पु¥याएका स्व. तुलसीप्रसादले विद्यालय भवन निर्माण समितिमा पनि ४ वर्षसम्म अध्यक्ष रहेर काम गरेका थिए । पोखरा १२, अन्नपूर्णटोल निवासी उनको ८४ वर्षको उमेरमा अघिल्लो शनिबार उपचाक्रममा हृदयघातका कारण भारतमा निधन भएको थियो ।
बिहीबारमात्र रामघाटस्थित बौद्ध अर्घौ सदनमा जातीय परम्पराअनुसार अन्त्येष्टी भएको थियो । उनका श्रीमती, १ छोरा, २ छोरी, २ नाति र ७ नातिनी छन् ।
१९९६ मंसिर ४ मा कास्कीको मिजुरेडाँडा ४, पाखुरीकोटमा जन्मिएका उनी सामाजिक सेवामा निकै अग्रसर थिए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width