फेवा फूलबारीद्वारा घार्मीमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०८०
lions fewa fulbari 3

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा फूलबारीले पोखराको घार्मीमा वृक्षरोपण गरेको छ ।

ओमकारेश्वर महादेव मन्दिर परिसरमा क्लबले तेजपत्ता, पारिजात, गुलमोहर, आकाशे फल, एभोक्याडोलगायतका विभिन्न प्रजातिका ५० भन्दा बढी बिरूवा रोपेको कार्यक्रम संयोजक गोविन्दराज अधिकारीले बताए । लायन्स पार्ककै रूपमा विकास गरिएको उक्त क्षेत्रमा यसअघि रोपिएका बिरूवासमेत संरक्षणको लागि गोडमेल गरिएको थियो ।

लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ केका चिफ एडभाइजर प्रजापति बास्तोलाले ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज पौडेल र कार्यक्रम संयोजक गोविन्दराज अधिकारीलाई बिरूवा हस्तान्तरण गरी उद्घाटन गरे । बास्तोलाले लायन्सले विगतदेखि नै वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै बिरूवा रोपेरमात्र नभई यसको दिगो संरक्षणमा ध्यान दिन आग्रह गरे ।

क्लब अध्यक्ष माधव कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा शंकरबहादुर खत्री, कार्यक्रम संयोजक गोविन्दराज अधिकारी, पत्रकार शिशिर पौडेल, मन्दिर व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज पौडेल, समाजसेवी लीला अधिकारी पौडेल, पूर्व अध्यक्ष सञ्जय बस्नेत, गुरूप्रसाद पौडेल, पण्डित गुरूदत्त लामिछाने, क्याबिनेट सेक्रेटरी कुन्दनराज शर्मालगायतले बोलेका थिए ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष पौडेलले मन्दिर क्षेत्रलाई तारबार गरी सुरक्षित बनाउन सके बोटबिरुवा संरक्षण हुने बताउँदै त्यसमा सहयोग गर्न आग्रह गरे । क्याबिनेट सेक्रेटरी कुन्दनराज शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममको सञ्चालन क्लब सचिव इ. दीपक केसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…
  • पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र…

hero news full width