पोखरा । यस वर्षको ताया मचा प्रतियोगिता भदौ १६ गते रानीपौवामा हुने भएको छ ।
पोखराका सबै नेवार सुमुदायअन्तर्गतका टोलटोलका संस्थाले प्रतियोगितामा भाग लिने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे जानकारी दिए । प्रतियोगिताको सचिवालय उद्घाटन गर्दै नेवा खल कास्कीका अध्यक्ष पालिखेले ताया मचा प्रतियोगिताको तयारी तीव्र पारिएको बताए । उनका अनुसार प्रथम पुरस्कार ३ लाख ३३ हजार ३ सय ३३ रहेको छ ।
नेवारी संस्कृतिको संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पालिखेको भनाइ छ । नृत्य ननिस्क्ने ठाउँमा तायामचा नृत्य निस्कियोस् भनेर नेवा खल कास्कीको सहयोगमा नेवार समुदायमा बाजाका पूरा सेट हस्तान्तरण गरिएको थियो ।
ताया मचा नृत्य प्रतियोगता संयोजक ईश्वर कर्माचार्यले २५ समूह सहभागी हुने जानकारी दिए । भदौ १४ गते आआफ्ना टोलमा नृत्य प्रदर्शनपश्चात् प्रतियोगितामा सहभागी हुने संयोजक कर्माचार्यले स्पष्ट पारे ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ताया मचा नाचमा चाहिने कुराहरूमा कमी आएकोमा चिन्ता व्यक्त गरे । उनले नाचमा टाउको कसरी हल्लाउने ? कसरी राग बजाउने लगायत मौलिक शैलीमा ध्यान दिनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
hero news full width
मुख्य समाचार
पोखरामा हाप्किडो सेमिनार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१