पोखरा । भाष्कर मेमोरियल विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत एवं परिचय कार्यक्रम बिहीबार भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधवीदेवी बस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास एवं समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य थिए ।
आचार्यले अनुशासन विद्यार्थीको गहना हो भन्दै उनीहरुलाई असल र सक्षम बनाउन विद्यालय र अभिभावकको भूमिका र दायित्व उत्तिकै रहने बताए ।
विद्यालयका निर्देशक विश्वराज बास्तोलाले शैक्षिक क्षेत्रमा अब्बल भएर देखिने विद्यार्थीलाई संस्थाले विशेष किसिमको सम्मान गर्ने र भविष्यमा अगाडि बढ्न सहयोग गर्ने बताए ।
सहप्राचार्य टीकाराम पौडेलले विद्यार्थीहरु लक्ष्यसम्म पुग्न निरन्तर रुपमा अध्ययनमा केन्द्रित हुनुपर्ने बताए । प्लस टु संयोजक श्रीकृष्ण श्रेष्ठले विद्यालयको नीति नियमबारे जानकारी गराए । शिक्षक प्रतिनिधि डा. बाबुराम अधिकारीले कुनै पनि शैक्षिक संस्था व्यवस्थापक, शिक्षक र विद्यार्थीहरुको त्रिकोणात्मक समन्वयबाट अगाडि बढ्ने हुँदा तिनै पक्षको उत्तिकै महत्व रहने बताए । कक्षा १२ का विद्यार्थीहरु सिर्जन बास्तोला र कविता रोकामगरले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनमूलक प्रस्तुति राखिएको थियो । उक्त कार्यक्रमको समापन गर्दै सभापति माधवीदेवी वास्तोलाले विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको बताइन् ।
Related News
सम्बन्धित समाचार
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
माउन्ट अन्नपूर्णमा वक्तृत्वकला
पोखरामा खुल्यो गेन्स कलेज
गुणस्तरीय शिक्षामा जोड
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१