पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुखमा डा. यमनाथ तिमिल्सिना

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०८०
yamnath

हेमजा । पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुखमा सहप्राध्यापक डा. यमनाथ तिमिल्सिना नियुक्त भएका छन् । बुधबार विभागमा आयोजित समारोहमा उनले पदभार ग्रहण गरे ।

सहायक क्याम्पस प्रमुख प्रा.लालबहादुर कुँवरले तिमिल्सिनाले विभागलाई थप क्रियाशील बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
निवर्तमान विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले आफू नेतृत्वमा रहँदाका अधुरा कार्य तिमिल्सिनाले पूरा गर्ने विश्वास लिँदै नेपाली भाषा उन्नयनमा विभागको महत्वपूर्ण भूमिका रहँदै आएको स्मरण गरे ।

कार्यक्रममा प्राध्यापक संघ सभापति डा. लक्ष्मीशरण अधिकारी, विभागीय सदस्य डा. पुण्यप्रसाद शर्मालगायतले पनि धारणा राखे ।
नवनियुक्त विभागीय प्रमुख डा. तिमिल्सिनाले सबैलाई समेटेर विभाग सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले पठनपाठन तथा भाषिक अनुसन्धानलाई विशेष महत्व दिन स्पष्ट पारे ।

२०५१ सालबाट त्रिविमा आवद्ध तिमिल्सिना तीनवर्षे कार्यकालका लागि प्रमुखमा नियुक्त भएका हुन् । उनी प्राध्यापक संघ पृथ्वीनारायण क्यापस इकाइ पूर्वसभापति तथा प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

तिमिल्सिनाका नेपाली भाषाको उत्पति र विकास, भाषाविज्ञान, ऐतिहासिक भाषाविज्ञान, भाषिकाको सैद्धान्तिक विश्लेषण र भाषिका निधारणलगायत भाषाविज्ञानसँग सम्बन्धित १० कृति प्रकाशित छन् ।

Related News

सम्बन्धित समाचार

  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • माउन्ट अन्नपूर्णमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । साहित्य, कला…
  • पोखरामा खुल्यो गेन्स कलेज

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ । पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज)…
  • गुणस्तरीय शिक्षामा जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा–२३, कुद्वीडाँडास्थित हर्पनकोट माविको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्रामीण…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…

hero news full width