लमजुङ । ज्योति विकास बैंक बेंसीसहर शाखाले १५औं स्थापना दिवसमा सहायता सामग्री वितरण गरेको छ । आफ्नै कार्यालयमा एक कार्यक्रमका गरी बैंकले अपांगता भएकाहरुका लागि सहायता सामग्री प्रदान गरेको हो ।
बैंकले कुर्ची, ट्वाइलेट चेयर, सेतो छडी, कम्मर पेटी, वैशाखी लगायत ५० हजार बराबरको सामग्री प्रदान गरेको हो ।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा सिलवाल, पत्रकार महासंघ लमजुङ शाखाका संस्थापक अध्यक्ष नवराज पहाडी, अपांग महांघका निवर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलले संयुक्त रुपमा सहयोग सामग्रीले प्रदान गरेका हुन् ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बैंकको बेसीसहर शाखाका प्रमुख किरणनिधि तिवारीले बताए । उनकाअनुसार राष्ट्र बैंकले बैंकहरूलाई मुनाफाको कम्तीमा १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व प्रयोजनार्थ छु्ट्याउन निर्देशन दिएको छ ।
बैंकले मुलुकभर १ सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत् सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
Related News
सम्बन्धित समाचार
ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान
ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख
‘नबिल दिगो पाइला’ वाकाथन
कास्कीमा बढ्दै बैंकिङ कसूर
मानव सेवा आश्रमलाई नबिल बैंकद्वारा उद्धार बाहन
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१