एमालेलाई अब जुरुक्कै उठाउँछौं : एमाले सचिव विष्ट

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०८०
gokarna (2)

पोखरा । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण विष्टले आफूहरू विगतका घटनाबाट पाठ सिक्दै एमालेलाई बहुमतसहितको पार्टीको रूपमा स्थापित गर्ने बताएका छन् । अब एमालेलाई जुरुक्कै उठाउने गरी कार्यक्षेत्रमा एवं जनताको घरघरमा गएर खटिनुपर्ने उल्लेख गरे । नेकपा (एमाले) कास्कीले ४५ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको योगदान’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले विगतका विकासका कामसँगैै आफ्ना योजना र विकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै उनको विचार दशकौंसम्म सान्दर्भिक रहने उल्लेख गरे । अधिकारीले नेपाली राजनीतिको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेका सुनाए ।

एमाले कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले विकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताइन् ।

एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तेजनारायण अधिकारीले स्वागत र सचिव बैनबहादुर अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदीप गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व…
  • धनराज भन्छन्–छानबिनमा सघाउँछु

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेस उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङविरुद्ध सीआइबीमा उजुरी परेको छ…
  • मादी १२ मा कांग्रेसको क्रियाशील सदस्यता वितरण

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाली कांग्रेसद्वारा कास्कीका ७२ वटै वडामा एउटै समयमा पार्टीको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत मादी–१२ मा सोमबार क्रियाशील सदस्यता…
  • बिपीले परिकल्पना गरेको समाज निर्माणमा लाग्न जोड

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बिपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको…
  • बिपीले परिकल्पना गरेको समाज निर्माणमा लाग्न जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बिपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको…

hero news full width