महामन्त्रीले थापाले गरे फिटनेस तालिम समापन

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०८०
ganan (1)

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोगको उपचारात्मक उपायहरूभन्दा निवारक उपायहरूको आवश्यकतालाई प्राथमिकतामा राखी लगानी गर्नु जरुरी रहेको बताएका छन् ।

नेपाली युथ फिट्नेस ऐकेडेमीले आभ्या क्लबसँगको सहकार्यमा सञ्चालित १० हप्ताको पर्सनल ट्रेनिङ कोर्स समापन समारोहमा थापाले पाँचौ ब्याचका उत्तीर्ण १८ जना सहभागीलाई प्रमाणपत्र वितरण गर्दै थिए । डाक्टरले भन्दा व्यायाम विज्ञान पढेका योग्य र दक्ष प्रशिक्षकमार्फत् व्यायामका सुझाव र निर्देशनहरू पालना गर्नु उचित हुन्छ । नेपालमै पहिलो पटक सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा फिटनेट क्लिनिक सञ्चालन गर्न एनवाइएफए संस्थासँग साझेदारी गरेर अगाडि बढ्ने प्रतिवद्धता थापाले गरे ।

थापाकै नेतृत्वमा काठमाडौं महानगरपालिकामा स्थापना भएको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले सुलभ मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० मा भने नियमित स्वास्थ्य सेवासँगै ३० प्रतिशत कम मूल्यमा फार्मेसी सेवा, मनोचिकित्सकीय सेवा प्रदान गरिएको छ ।

एनवाइएफएका संस्थापक अध्यक्ष सुकदेव कार्कीले शारीरिक व्यायाम क्षेत्रमा अध्ययनको महत्वलाई जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न र रोजगारका अवसर सिर्जना गर्नका लागि क्लबसँग विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद प्रकाश बराल, गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, आभ्या क्लबका संस्थापक किरण केसी, पोखरा महानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष किरण बराल, वडा नं. २६ का वडा अध्यक्ष नरेन थापा, कास्की जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष वैभव पौडेल, कास्की जिल्ला पावर लिफ्टिङ संघ अध्यक्ष हस्सन गुरुङ, आभ्या क्लबका प्रबन्ध निर्देशक निरोज लामा, अन्तर्राष्ट्रिय शारीरिक सुगठटन खेलाडी कमल भण्डारी, पोषिलो फुड्सका प्रबन्ध निर्देशक पृथ्वीकल्याण पराजुलीले पाँचौ ब्याचका उत्तीर्ण प्रशिक्षार्थीलाई हार्दिक बधाईसहित उज्जल भविष्यको शुभकामना दिएका थिए ।

पोखरामा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने लक्ष्यसहित २० रोपनी जग्गामा आभ्या क्लव स्थापना भएको हो । १५ करोडको लगानीमा सन् २०१८ देखि सर्वाङ्गिण स्वास्थ्य तन्दुरुस्ती तथा लोकहितलाई ध्यान दिएर क्लवले सेवा दिइरहेको छ । शारीरिक तन्दुरस्तीसँगै मानवमन, आत्मा र शरीरको समग्र हित शुद्धीकरण र सवलीकरणमा जोड दिएको छ ।

पाँचौ व्याजका २१ जना मध्ये ७ जना ए ग्रेड, ११ जना बि ग्रेडमा उत्तीर्ण भएका छन भने ३ जनाले छैटौँ व्याजका विद्यार्थीसँग पुन परीक्षा दिनु पर्ने छ । नेपालगञ्जबाट अध्ययनका लागि आएका प्रकाश कठायतले सर्वोकृष्ट स्थान हासिल गरेका छन् । एनवाइएफएका अध्यक्ष सुकदेव कार्कीको सभापतित्वमा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…

hero news full width