सेयर बजारसम्बन्धी लगानीकर्ता शिक्षा

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
share

लेखनाथ । प्रिमियर सेक्युरिटिज कम्पनी लि. काठमाडौंको आयोजनामा जनप्रकाश बहुमुखी क्याम्पसमा शुक्रवार सेयर बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम भएको छ । युवालाई सानै उमेरबाट आर्थिक रुपमा सम्पन्न बनाइ वित्तीय निर्णयहरु गर्न आवश्यक ज्ञान, सिप प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको हो ।

पोखरा २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अहिले देशमा आर्थिक अवस्था नाजुक रहेको समयमा व्यवसायी तथा वित्तीय संस्थालाई धेरै असर परेको बताउँदै सररकाले नै सही नीतिनियम बनाई समस्याको समाधान गर्नुपर्ने बताए ।

क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले युवालाई स्वदेशमै रोजगारीको वातावरण बनाउन सरकारले उपयुक्त कदम चाल्नु पर्ने बताए ।

कार्यक्रममा प्रिमियर सेक्युरिटिजका सहजकर्ता सूर्यप्रसाद खनाल र पोखरा शाखाका सहजकर्ता मन्दिप पुरीले सेयर बजारसम्बन्धी विविध विषयमा जानकारी दिएका हुन् । उनीहरुले धितोपत्र, व्यापारी नागरिक स्टक डिलरको जोखिम विश्लेषण तथा व्यवस्थापनका साथै सानो पुँजी लगानी गरेर उद्यमी हुन वित्तीय शिक्षा, कर्जाको महत्व तथा कर्जाको सदुपयोग, बचतको महत्व, बचत गर्ने तरिका, विमा लगायतबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा कलेजका २ सय जना छात्रछात्रा तथा स्थानीयको सहभागिता थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width