मुद्रण उद्योग संघमा अक्षयकोष स्थापना

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
mudran udhyog

पोखरा । मुद्रण उद्योग संघ कास्कीको १३ औं वार्षिक साधारण सभा शुक्रबार भयो । सभामा हालै दिवंगत भएका संस्थाका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण) ले संस्थालाई पु¥याएको योगदान स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
साथै उनको स्मृतिमा परिवारबाट स्थापित अध्यक्षकोष रकम हस्तान्तरण गरियो ।

रोजिना अफसेट प्रेसका सञ्चालक तथा स्व. श्रेष्ठकी धर्मपत्नी कोपिला श्रेष्ठले संस्थाका कोषाध्यक्ष प्रकाशराज पौडेललाई २ लाख ५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष पदम श्रेष्ठले मुद्रण संघमा पहिलोपल्ट अक्षयकोष स्थापना भएको उल्लेख गर्दै उद्देश्य अनुरुप नियम बनाएर सञ्चालन गर्नुपर्ने सुझाव राखे । साथै उनको मुद्रण व्यवसायलाई सरकारले उपेक्षा गरेको बताउँदै मुद्रणसँगै सम्बन्धित अन्य व्यवसायको अवलम्बन गरेर संकटबाट बचाउनुपर्ने बताए ।

केन्द्रीय सचिव जीवन गोर्खालीले राम्रा काम गर्न सकेमात्र समाजले सम्झने बताए । केन्द्रीय सदस्य कृष्णप्रसाद बास्तोलाले व्यावसायिक हकहितका लागि संस्था निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिए ।

मुद्रण उद्योग संघ गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोलाले सकारात्मक सोचले अघि बढ्दा सफलता मिल्ने बताए । अक्षयकोष संस्थापक कोपिला श्रेष्ठले शुभ चिन्तकहरूको साथले शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको बताइन् ।

संघका सचिव राजन कुमालले मुद्रणको सहज हिसाब किताबको लागि प्याक मेनेजर सफ्टवेयर तयारी भइसकेको जानकारी दिए, अध्यक्षको आसनबाट संघका कार्यवाहक अध्यक्ष चिन्तामणि बास्तोलाले प्रेसका समस्याहरू निराकरणका लागि क्रियाशील रहने जानकारी दिए । सभामा महासचिव रामप्रसाद भुर्तेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रकाशराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width