ग्लोबल आइएमईले दियो बेगनासताल डुंगा व्यवसाय समितिलाई लाइफ ज्याकेट

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
globle ime

पोखरा । ग्लोबल आइएमई बैंक बेगनास शाखाले बेगनासताल डुंगा व्यवसाय समितिलाई लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समितिलाई ती ज्याकेट दिइएको हो । शुक्रबार पोखरा ३१, मन्धरेपार्कमा आयोजित कार्यक्रम पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलको उपस्थितिमा भएको हो ।

ग्लोबल आइएमई बैंक लिमिटेड गण्डकी प्रदेश प्रमुख ईश्वरीप्रसाद जोशीले समितिका अध्यक्ष रविराज कँडेललाई ज्याकेट हस्तान्तरण गरे । बैंकका बेगनास शाखा प्रमुख दिनेश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न स्थानीय संघ संस्थाका प्रतिनिधि, बैंकका कर्मचारी तथा डुंगा व्यवसायीहरुको सक्रिय सहभागिता थियो ।

उक्त अवसरमा बैंकका प्रदेश प्रमुखले कार्यक्रम तथा बैंकको बारेमा जानकारी गराए । वडाध्यक्ष कँडेलले स्थानीय विकासमा यहाँ रहेका संघ संस्थाहरुको सहभागितामा वडाले हातेमालो गर्दै अगाडि बढ्न इच्छुक रहेको बताए । कार्यक्रम डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कँडेलको सभापतित्वमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width