स्याङ्जा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सफल नभएको टिप्पणी गरेका छन् । भ्रमणका क्रममा प्रचण्डले लिम्पियाधुरा, कालापानी मिचिएको कुरा नउठाएर मौन बसेको ओलीको कटाक्ष छ ।
आँधीखोला गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै ओलीले वर्तमान सरकारको कुनै गन्तव्य नभएको र कामभन्दा हल्लाको पछाडि लागेको आरोप लगाए ।
सरकारको काम गर्ने ल्याकत नभएको जनाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो कार्यकालको ३ वर्षमा विकासले फड्को मारेको दाबी गरे ।
‘विभिन्न १० पार्टी मिलेर बनेको सरकार कामभन्दा हल्लाको पछाडि लागेको छ,’ उनले भने, ‘सरकारले जनताको ढाड सेकाउने काम गरेको छ । निराश नहुनुस् अब एमालेले नै विकास र समृद्धि ल्याउने छ ।’ एमाले सधैँ प्रतिपक्षमा बस्ने पार्टी नभएको बताउँदै उनले सत्ताको लागि मरिहत्ते नगर्ने बताए ।
आँधीखोलाले ४ हजार वर्षको इतिहासलाई पालिका भवनले पहिचान गरेको उनले जनाए । आफू २०४२ सालमा स्याङ्जा जेल बस्दाको स्मरण गर्दै ओलीले स्याङ्जाले विकासमा ठूलो फड्को मारेकोमा खुसी ब्यक्त गरे ।
आफू प्रधानमन्त्री हुँदा यहाँका गाउँगाउँमा मोटरबाटो, बिजुलीबत्ती, खानेपानी पुगेको तथा पूर्वाधार, स्वास्थ्य, शिक्षामा ठूलो फड्को उनको दाबी छ । एकै दिन आफूले ३ सय ९६ योजनाको शिलान्यास गरेको बताउँदै ओलीले वर्तमान सरकारले भने बजेट कटौती गरेर विकास रोकेको छ भने । आँधीखोला गाउँपालिकाले २७ रोपनीमा ५ करोड ६४ लाखमा भवन निर्माण गरेको हो । ३४ कोठा र २ हलसहित निर्मित भवन ४ तलाको छ ।
यसैगरी, शुक्रबार नै एमाले अध्यक्ष ओलीले कालीगण्डकी गाउँपालिका भवनको समेत उद्घाटन गरे । कालीगण्डकीले ७ करोड ७० लाख लागतमा २२ कोठे अपांगमैत्री भवन निर्माण गरेको हो ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०