पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
ward 13

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ भित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग विहीबार वडा कार्यालयले छात्रावृत्ति विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

संस्थागत विद्यालयले विगतमा विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएका मिहिनेती र जेहेन्दार छात्रावृत्तिको विवरण बुझाउँदै भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकले गरेका छन् ।

वडाध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमा लगानी गरेर योगदान दिई शैक्षिकस्तर माथि उकास्न मद्धत गर्दै छात्रावृत्ति विवरण पारदर्शी गरेकोमा संस्थागत विद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए । बरालले वडाभित्रका विपन्न समुदायका विद्यार्थीलाई निरन्तर छात्रावृत्रि उपलब्ध गराइदिन पनि अनुरोध गरे । उनले निवर्तमान वडा अध्यक्ष दर्शन लामालाई मार्गदर्शन, सल्लाह र प्रेरणाका लागि स्मरण गर्दै भौतिका पूर्वाधारसँगै शिक्षा क्षेत्रको विकास पनि आवश्यक रहेको बताए ।

छात्रावृत्ति उपलब्ध गराउने बालकल्याण हाइ स्कलु, अक्सफोर्ड स्कुल, इडेन्स एकेडेमी, ताराकुञ्ज सेकेन्डरी स्कुल र चिल्डे«न एकेडेमीले १० प्रतिशत छात्रावृत्तिको विवरण वडा कार्यालयमा पेश गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सामुदायिक र निजी विद्यालयबिच आपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति पनि भएको छ । वडामा रहेका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार २ सय ६५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको जानकारी वडा सदस्य सुचित तामाङले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…
  • गुप्तेश्वर गुफामा पर्यटकको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । विश्व पर्यटन दिवस २०२३ अवसरमा पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफाले पहिलो विदेशी पर्यटकलाई खादा मालाले सम्मान गर्दै…
  • पर्यटन दिवसमा पोखराभरि कार्यक्रम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखराले ४४ औं विश्व पर्यटन दिवस भव्य कार्यक्रमका साथ मनाएको छ । पर्यटनसम्बद्ध यहाँका विभिन्न संघसंस्थाहरुले छुट्टाछुट्टै इभेन्टको…
  • मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ

    धनबहादुर गुरुङ असाेज ११, २०८०
    पोखरा । सर्वोच्च अदालतले फेवातालको मापदण्ड मिच्ने गरी व्यक्ति र संस्थाका नाममा दर्ता भएका जग्गा र संरचना ६ महिनाभित्र हटाउन…
  • गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको…

hero news full width