प्रदर्शनी उद्घाटन गर्दै मन्त्री सुशीला सिंखडा । तस्बिर : योगेन्द्र श्रेष्ठ
पोखरा । गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा बिहीबारदेखि ‘नवौं जिसिइएस आइटी एक्स्पो–२०८०’ सुरु भएको छ । विद्यार्थीको प्रतिभा तथा सिर्जनशीलतालाई हौसला प्रदान तथा सफ्टवेयर इन्जिनियरिङ/सूचना प्रविधिबारे सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले लामाचौरस्थित कलेज परिसरमा सुरु एक्स्पो २ दिनसम्म चल्ने एक्स्पोका अध्यक्ष राजन अर्यालले बताए ।
सफ्टवयर इन्जिनियरिङ–२०१८ ब्याचका विद्यार्थीको आयोजनामा आयोजित सूचना प्रविधि प्रदर्शनीमा सफ्टवेयर प्रदर्शन, कोडिङ प्रतिस्पर्धा, हार्डवेयर शोकेस तथा विविध खेलका प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम हुने छन् ।
एक्स्पो उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सूचना प्रविधिले फड्को मारिरहेको बेलामा यसखालका प्रदर्शनीको निकै महत्व रहेको बताइन् । उनले आगामी दिनमा मन्त्रालयले यस विषयमा प्रवुद्ध वर्गसँग बसेर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री सिंखडाले शिक्षा ज्ञानको ज्योति हो भन्दै पहिलो ज्ञान घरपरिवारबाट, दोस्रो स्कुल/कलेजबाट र तेस्रो सेवा तथा व्यवसायबाट प्राप्त हुने जनाइन् ।
सफ्टवयर इन्जिनियरिङ–२०१८ ब्याचका विद्यार्थीको आयोजनामा भएको एक्स्पोमा ३० स्टल छन्
कार्यक्रममा गण्डकी सार्वजनिक शैक्षिक गुठीका सदस्य प्राडा विनायक भद्रा, गण्डकी प्रदेश एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारी, नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्य, पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानका क्याम्पस प्रमुख निर्मल बराल लगायतले गण्डकीले यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे । कोरोनाका कारण विगतमा कार्यक्रम रोकिएको थियो ।
कलेजका प्रिन्सिपल वीरेन्द्र खड्काले स्वागत मन्तव्य व्यक्त गर्दै गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर लागिपरेको बताए । विगतमा ३ वर्ष कोरोनाका कारण रोकिएको एक्स्पोलाई विद्यार्थीको सहयोगमा पुन: निरन्तरता दिइएको बताए । उनले यस अवसरमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता, वृक्षरोपण र रक्तदान कार्यक्रम गरिएको पनि जनाए ।
हाजिरीजवाफमा एसओएस गण्डकी प्रथम, ब्रह्मारुपा मावि दोस्रो र अम्बिका मावि तेस्रो भएका थिए । उनीहरुलाई प्रिन्सिपल खड्काले पुरस्कृत गरे । रक्तदानमा करिब ८० जनाले रक्तदान गरे । गण्डकी सार्वजनिक शैक्षिक गुठीका सदस्य प्राडा विनायक भद्राको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी अनुष्का पराजुली र अस्मित नेपालीले गरेका थिए ।
एक्स्पोमा विभिन्न ३० स्टल छन् । जसमा विद्यार्थीले बनाएका चित्ताकर्षक सफ्टवेयरको प्रदर्शनी छ । बिहान ९ बजेदेखि सुरु हुने प्रदर्शनी अवलोकनका लागि पोखरा क्षेत्रका विद्यालय तथा क्याम्पसका विद्यार्थी तथा शिक्षक एवं सर्वसाधारणलाई अवलोकनका लागि आग्रह गरिएको अफिस म्यानेजर इ. दिनेश भण्डारीले जनाए । नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ कलेजको रुपमा स्थापित गण्डकीमा हाल स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ साथै कम्प्युटर इन्जिनियरिङ र स्नातकोत्तर तहमा इन्फरमेसन सिस्टम इन्जिनियरिङको पढाइ हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०