सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८०
community school

पोखरा । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा विकास तथा समन्वय इकाइमा लगातार धर्ना जारी राखेको छ । परिषद् कास्कीले पनि पोखराको बगरस्थित शिक्षा विकास तथा समन्वय इकाइमा गत २१ जेठदेखि धर्ना जारी राखेको हो । ६ दिनसम्म चल्ने धर्ना बिहान १० देखि दिउँसो ४ बजेसम्म हुने गरेको छ ।

लामो समयदेखि सामुदायिक विद्यालयमा कार्यरत लेखापाल र कार्यालय सहयोगीलाई सरकारले गरेको विभेद र न्युन वेतनमा कार्यरत रहन बाध्य पारेपछि सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन् । संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा १२७ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायत विषयलाई सम्बोधन गरिने भनिए पनि बजेटमा सम्बोधन नगरेपछि आन्दोलित हुनुपरेको नेपाल विद्यालय कर्मचारी परिषद् कास्की अध्यक्ष तथा गण्डकी प्रदेश संयोजक हरिशचन्द्र बास्तोलाले बताए ।

नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमको लेखापाल र कार्यालय सहयोगीको दरबन्दीबारे सम्बोधन गरिएकोमा बजेटले नसमेटेको बास्तोलाले बताए । माग सम्बोधन नभए काडमाडौं भद्रकालीमा चारदिने रिले अनसन बस्ने र असार २ देखि नेपालभरका सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी छ । परिषद्ले गत १७ जेठमा प्रधानाध्यापकलाई तालाचाबी हस्तान्तरण गरी शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र समेत बुझाइसकेकाे छ।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ । लामो समयदेखि उनी फोक्सोको रोगबाट पीडित भए…
  • एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित १ सय ५५ जना कार्यकर्ता नेकपा (एमाले)…
  • लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । लामाचौर कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबले उपाधि जितेको छ । शनिबार फाइनलमा…
  • हारबाट सिक्छ गण्डकी भलिबल

    धनबहादुर गुरुङ भाद्र २२, २०८१
    पोखरा । नेपालको क्लब भलिबल (पुरुष) मा विभागीय ३ टिमलाई कडा चुनौती दिने मोफसलका टोलीमध्ये एउटा टिम हो–गण्डकी प्रदेश ।…
  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…

hero news full width