तामाङ मातृभाषा प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८०
tamang language~shree

हेमजा । गण्डकी प्रज्ञा प्रतिष्ठान आयोजना तथा कोकोम्हेन्दो साहित्य समाजको व्यवस्थापनमा पोखरामा तामाङ मातृभाषा प्रशिक्षण भएको छ । सो अवसरमा तामाङ जातिको टुङना बाजा प्रदर्शन गर्नुका साथै मातृभाषामा बारेमा पनि प्रशिक्षण दिइयो ।

प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले भाषा, साहित्यको संरक्षण गर्नु सबैको दायित्व भएको औंल्याउँदै भाषा विकास भएमात्रै देश समृद्ध बन्ने औंल्याए । प्रतिष्ठानका भाषा साहित्य विभाग प्रमुख कृष्णप्रसाद पौडेलले नेपाल बहुभाषी मुलुक रहेको चर्चा गर्दै भाषिक विविधता नै नेपालको पहिचान भएको स्पष्ट पारे । प्रशिक्षार्थी इच्छा तामाङ, आकांक्षा तामाङ र अमित तामाङले तामाङ भाषा साहित्यको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमबीच टुङना बाजा लगायत तामाङ भाषाबारे विभिन्न प्रस्तुति एवं सो जातिको संस्कृति झल्कने प्रस्तुति पनि राखियो ।
कोकोम्हेन्दो साहित्य समाजका अध्यक्ष दीपक तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन मीनमाया तामाङले गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width