नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन : गगन थापा

रासस
जेठ २३, २०८०
Gagan-Thapa
लुम्बिनी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताउनुभएको छ । उहाँले नेतृत्वका गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्नेसमेत बताउनुभएको छ ।
दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि आजदेखि आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले गाली गरेर कांग्रेस अग्लो नहुने तर नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने बताउनुभयो । “अब पनि प्रश्न गर्न सकेनौँ भने गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ, पार्टीलाई ठीक ठाउँमा उभ्याउन सक्नुपर्छ ।”
महामन्त्री थापाले गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिने बताउनुभयो । पार्टीभित्र परम्परागत सोच र चिन्तन हावी भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।”
नेपाली कांग्रेसलाई बदल्नै पर्ने र कांग्रेसलाई बदल्न सबै बदलिनुपर्ने उहाँले बताउनुभयो । “पार्टीभित्र माथिदेखि तलसम्म भएका सबै गुट भत्काऔँ”, उहाँले भन्नुभयो, “पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौँ, यही हो बदलिने भनेको ।”
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले मुलुक आर्थिकरूपमा सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै साधारण खर्च बढ्ने तर पूँजीगत खर्च घट्ने अवस्थाले मुलुकलाई अहित गर्ने बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंङ महरले वर्तमान सरकारले गठबन्धनको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताएका छन् ।…
  • कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिङ महरले वर्तमान सरकारले गठबन्धनको मर्म र भावना अनुसार काम गर्न नसकेको बताएका छन्…
  • फेदीखोलामा ‘नवीन राप्रपा’

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘नवीन राप्रपा’ अभियान स्याङ्जाको फेदीखोला गाउँपालिकामा सुरुआत गरिएको छ । सोही अनुसार शनिबार फेदीखोलामा राप्रपाको विस्तारित…
  • ‘दोष संविधानको हैन, सरकारको’

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । लामो रस्साकस्सीपछि संविधानसभाबाट संविधान बन्यो । संविधान कार्यान्वयन भएको पनि ८ वर्ष पूरा भयो । नागरिकका हक सुरक्षित…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…

hero news full width